logo
२०८१ मंसिर ८ शनिवार



पहिरोले अवरूद्ध सिद्धार्थ राजमार्ग सुचारू

खुला |
प्रदेश |


पहिरोले अवरूद्ध सिद्धार्थ राजमार्ग सुचारू
फाइल तस्विर


अर्जुन काफ्ले
स्याङ्जा, कात्तिक ४ गते । फेदिखोला गाउँपालिका २ भालुपहाडमा पहिरो खस्दा अबरुद्ध सिदार्थ राजमार्ग सुचारु भएको छ । अविरल वर्षाकाकारण राजमार्ग माथिबाट ढुङगासहितको पहिरो खस्दा राजमार्ग पुर्ण रुपमा अवरुद्व भएको थियो ।

बिहिबार बिहान अबरुद्ध भएको सडक १० घण्टा पश्चाच सुचारु भएको डीएसपी राजेन्द्र अधिकारीले बताउनुभयो । फेदिखोलाको जेसीबी, प्रहरी, स्थानियको प्रयासमा सडक खुलेको अधिकारीले बताउनुभयो ।

पहिरोले सडक अबरुद्ध हुदाँ सिदार्थ राजमार्गको प्रयोग गरी लामो यात्रामा रहेका यात्रुहरु अलपत्र परेका थिए । राजमार्ग दुईतर्फी नै सुचारू भएसगै यात्रुहरु आफ्नो गन्तब्यअर्फ गएको अधिकारीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?