logo
२०८२ भाद्र २१ शनिवार



अवरुद्ध भीमदत्त राजमार्ग सुचारु

खुला |
प्रदेश |


अवरुद्ध भीमदत्त राजमार्ग सुचारु
फाेटाे साैजन्य–  राजेन्द्र मगर



राजेन्द्र ठगुन्ना
अमगढी, कातिक ५ गते । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग बिहीबार रातिबाट एकतर्फी रुपमा सुचारु भएको छ । डडेल्धुरादेखि अत्तरियासम्म राजमार्गका विभिन्न ठाउँहरुमा पहिरोले अवरुद्ध भएपछि राजमार्ग मै अलपत्र गर्नुभएका यात्रुहरु राजमार्ग सुचारु भएपछि आ–आफ्नो गन्तव्यतिर लाग्नुभएको छ ।

राजमार्गको गैरा बजार नजिकै रहेको सबैभन्दा ठूलो पहिरोमा एकतर्फी रुपमा सवारी पास हुने गरि पहिरो सफा गरी यातायात सुचारु भएको अमरगढी नगरपालिका ५ डडेल्धुराका राजेन्द्र बहादुर मगरले बताउनुभएको छ । उहाँले भन्नुभयो –‘ राजमार्ग एकतर्फी सुचारु भएपछि रातिको २ बजे घर पुगेको थिएँ ।’

चार वटा स्काभेटर प्रयोग गरेर एकतर्फी बाटो सुचारु गराएपछि बाटोमै रोकिएका यात्रुहरु गन्तव्यतिर लाग्नु भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो ।

भीमदत्त राजमार्ग सुचारु भए पनि स्याउलेदेखि दिपायल जाने केआईसिह राजमार्ग भने सुचारु हुन सकेको छैन । उक्त राजमार्गको रडुवा खोला नजिक करिब तीन सय मिटर जति सडक पुरै भाँसिएकाले तत्काल राजमार्ग खुलाउन नसकिने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?