logo
२०८२ भाद्र २१ शनिवार



ओखलढुंगामा घर भत्किएर लाखौंको क्षति

खुला |
प्रदेश |


ओखलढुंगामा घर भत्किएर लाखौंको क्षति
सांकेतिक तस्बिर



मनोज भट्टराई
ओखलढुंगा, कात्तिक ५ गते । आखेलढुंगामा बेमौसमी वर्षाका कारण दुई घर भत्किएका छन् भने एक घर पहिरोको उच्च जोखिममा परेको छ । गत सोमबारदेखि बुधबार सम्म भएको देखि अविरल वर्षाका कारण चिशंखुगढी रखिजीदेम्वा र चम्पादेवीमा घर भत्किएका हुन् ।

वर्षाले गाउँपालिका ४ रातमाटेका स्थानीय ललित बहादुर गिरीको दुईतले ढुंगा माटोले बनेको घर भत्किएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । पहिरोका कारण घर भत्किँदा घरभित्र रहेको पालिएको बोईलर तथा गिरीराज जातका ६० बन्दा बढी कुखुरा मरेको जिल्ला प्रहरी प्रमुख गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो ।

बिहीबार विहान प्रहरीलाई जानकारी आएलगत्तै प्रहरी घटनास्थलमा पुगेर क्षेतिको बिवरण तयार गरी परिवारका सदस्यलाई अन्यत्र सारिएको प्रहरी प्रमुख काफ्लेको भनाइ छ । परिवारका सदस्य घर भत्कने समयमा बाहिर रहेकाले कुनै मानवीय क्षेति हुन पाएन ।

गिरीको करिब चार लाख मूल्य बराबरको क्षेति भएको प्रहरीको अनुमान छ । यता, जिल्लाको चम्पादेबी गाउँपालिका १ कुनाटारका सुवास थापाको दुई तले घर भासिएकाले अन्नपात, लत्ताकपडा, भाडावर्तन तथा पुशचौपाया समेत नष्ट भएको छ ।

घरभित्र बाँधेर राखिएको दुईवटा खशीलाई भत्किएको घरले किचेको प्रहरी प्रमुख काफ्लेको भनाइ छ । घर भासिएर भत्किन लागेपछि मानिसहरु भागेकाले कुनै मानवीय क्षति भने भएको छ्रैन । यस्तै जिल्लाको खिजीदेम्बा गाउँपालिका ६ फेदीमा एकघर पहिरोको उच्च जोखिममा परेको छ । स्थानीय दुत्त बहादुर तामाङको भुकम्पपछि निर्माणर्् गरिएको घरमाथिबाट पहिरो आउँदा जोखिमपूर्ण बनेको हो ।

घरमाथिबाट निर्माण गरिएको सडक भत्किएर उनको घरलाई क्षेति पुगेको जिल्ला प्रहरी प्रमुख काफ्लेले बताउनुभयो । पहिरोले अन्य कुनै मानवीय तथा पशुचौपायको क्षति गरेको छैन । घटना लगत्तै ईलाका प्रहरी कार्यालय खिजीदेम्बाको टोली घटनास्थलमा पुगेर पीडित परिवारलाई अन्यत्र सारिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?