logo
२०८१ मंसिर ८ शनिवार



अवरुद्ध भीमदत्त राजमार्ग सुचारु, यात्रुहरु गन्तव्यतर्फ

खुला |
प्रदेश |


अवरुद्ध भीमदत्त राजमार्ग सुचारु, यात्रुहरु गन्तव्यतर्फ


राजेन्द्र ठगुन्ना
अमगढी, कात्तिक ५ गते । सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग विहिबार रातिबाट एकतर्फी रुपमा सुचारु भएको छ । डडेल्धुरादेखि अत्तरियासम्म राजमार्गका विभिन्न ठाँउहरुमा पहिरोले अवरुद्ध गरेपछि राजमार्गमै अलपत्र पर्नुभएका यात्रुहरु राजमार्ग सुचारु भएपछि गन्तमा लाग्नु भएको छ ।

राजमार्गको गैराबजार नजिकै रहेको पहिरो सफा गरी एकतर्फि रुपमा सवारी पास भएका छन् । राति २ बजे घर पुग्नुभएका अमरगढी नगरपालिका ५ डडेल्धुराका राजेन्द्रबहादुर मगरले दुई दिन बाटोमै अलपत्र परेको बताउनुभयो ।

चार वटा स्काभेटर प्रयोग गरी एकतर्फी बाटो सुचारु भएपछि बाटोमै रोकिएका यात्रुहरु गन्तव्यतिर लाग्नुभएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो । भीमदत्त राजमार्ग सुचारु भए पनि स्याउलेदेखि दिपायल जाने केआईसिह राजमार्ग सुचारु भएको छैन ।

सो राजमार्गको रडुवाखोला नजिक करिब ३ सय मिटर जति सडक भासिएको छ । पहिरो गएकै भित्तातिर खनेर बैकल्पिक बाटो निर्माण गरिने सडक डिभिजन कार्यालय डोटीका ईन्जिनियर योगेन्द्र अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “शुक्रबारदेखि एउटा सडक विभागकै र अन्य दुई वटा बाहिरको गरी तीन वटा स्काभेटर लगाएर बैकल्पिक बाटो खन्नेकाम सुरु भएको छ ।”
सडक विभागसँग आकस्मिक कोष नभएकाले मन्त्राललयबाट बजेट माग गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । सडक पुरानै अवस्थामा ल्याउन समय लाग्ने ईन्जिनियर अधिकारीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?