logo
२०८२ भाद्र २१ शनिवार



कोशी व्यारेजबाट हाम फाल्दा एक जना बेपत्ता

खुला |
प्रदेश |


कोशी व्यारेजबाट हाम फाल्दा एक जना बेपत्ता


जयकृष्ण यादव
इनरुवा, कात्तिक ६ गते । सुनसरीको कोशी गाउँपालिका ८ को कोसी ब्यारेजबाट सप्तकोशी नदीमा एक पुरुषले हाम फाल्दा बेपता हुनुभएको छ । इटहरी उपमहानगरपालिका १ बस्दै आउनुभएका ५८ वर्षिय तिलकप्रसाद दाहाल सप्तकोशी नदीमा शनिबार हाम फालेर बेपता भएको प्रहरीले जनाएको हो ।

कोशी ब्यारेजको १३ नम्बर ढोका नजिकैको ३६ प ९२५५ नम्बरको मोटरसाइकलमा आएका दाहालले नदीमा हामफालेका दाहालको खोजीकार्य भइरहेको प्रहरी चौकी कोशी व्यारेजका असई तारा चुँडालले बताउनुभयो ।

चुँडालका अनुसार दाहालको मोटरसाइकल, चप्पल र पर्स भेटिएको छ । पर्समा ५८ वर्षिय तिलकप्रसाद दाहाल नाम गरेको परिचयपत्र फेला परेको छ । ढोकाको १३ नम्बर गेटमा आएर परिवारका सदस्यलाई फोन गरेर नदीमा हामफाल्न लागेको जानकारी गराएको प्रहरीको भनाइ छ ।

प्रहरीकाअ नुसार सो सूचना पाएसँगै १३ नम्बर गेटमा आएर हेर्दा मोटरसाइकल चप्पल र पर्स फेला परेपछि अहिले दाहालको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?