लक्ष्मण पौडेल
भैरहवा, कात्तिक १२ गते । रुपन्देही प्रहरीले प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरी टोलीले ९ सय ग्राम ब्राउनसुगरसहित शुक्रबार तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा रुपन्देहीको कन्चन गाउँपालिका ४ प्रगतीटोल बस्ने २९ वर्षीय नरेन्द्रकुमार दर्जी, कन्चन– ५ बस्ने ३१ वर्षीय मोहन सुनार र कन्चन– ४ का ३४ वर्षीय प्रदीप पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताउनुभयो ।
पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत रुपन्देहीबाट म्याद थपको अनुमति लिई लागुऔषध कारोबार ऐन अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।