logo
२०८२ जेष्ठ २१ मंगलवार



९२ ग्राम लागु औषधसहित १ जना पक्राउ

खुला |
प्रदेश |


९२ ग्राम लागु औषधसहित १ जना पक्राउ


जानु पाण्डे
कपिलवस्तु कात्तिक १२ गते । कपिलवस्तुको मायादेवी गाउँपालिका ४, चाकरचौडामा लागु औषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाणगङ्गा नगरपालिका ४ धनेशपुरका वर्ष २७ को विजय खत्री रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

सीमा प्रहरी चौकी चाकरचौडाको गस्ती टोलीले बिहीबार दिउँसो १ बजे भारतदेखि नेपाल ल्याउने क्रममा पक्राउ गरेको हो । भित्री वस्त्रमा राखेर ल्याएको २२ पोका (९२ ग्राम ८२ मिली ग्राम) ब्राउन सुगर बरामद गरेको कार्कीले बताउनुभयो ।

यस वर्ष पक्राउ हुनेमध्ये सबैभन्दा ठूलो परिमाण रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो । पक्राउ परेका कार्कीलाई लागु औषध ऐन २०३६ अनुसार मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?