logo
२०८२ जेष्ठ २१ मंगलवार



माओवादी पार्टीले कहिल्यै राष्ट्रघात गर्न सक्दैनः महरा

खुला |
प्रदेश |


माओवादी पार्टीले कहिल्यै राष्ट्रघात गर्न सक्दैनः महरा


सिराज खान
नेपालगञ्ज, कात्तिक १४ गते । प्रतिनिधिसभाका पुर्व सभामुख कृष्णबहादुर महराले एमसीसी पास गराउन यसअघिको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटाइएको बताउनुभएको छ । माओवादी पार्टीले कहिल्यै राष्ट्रघाट गर्न नसक्ने पनि उहाँले दावी गर्नुभयो ।


कोहलपुरमा आईतवार वाईसिएल नेपालद्वारा आयोजित शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रममा महराले त्यस्तो बताउनुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अडानका कारण एमसीसी पास हुन नसकेको पनि उहाँले दावी गर्नुभयो । पुर्व सभामुख महराले माओवादी पार्टीले कहिल्यै राष्ट्रघात गर्न नसक्ने दाबी गर्नुभयो । उहाँले सहिदका सपना पूरा गर्नलाई पनि राष्ट्रघात नगर्ने बताउनुभयो ।

एमसीसी पास गर्न नदिएका कारण अगामी निर्बाचनमा माओवादीलाई हराउन देशी बिदेशी प्रतिक्रियावादिको चलखेल हुनसक्ने नेता महराको भनाई छ । आगामी निर्वाचनसम्म वर्तमान गठबन्धन बलियो रुपमा रहने पनि उहाँले बताउनुभयो ।

माओवादी युवा संगठन वाईसिएल नेपालका सहसंयोजक सुबोधराज सेर्पाइलीले माओवादी एजेण्डा र माओवादीले हालसम्म गरेका काम लिएर जनतामाझ जानुपर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?