logo
२०८१ मंसिर ७ शुक्रवार



कर्णालीका मुख्यमन्त्री शाहीले राजीनामा दिने सम्भावना, साँझसम्म आउन सक्ने

खुला |
प्रदेश |


कर्णालीका मुख्यमन्त्री शाहीले राजीनामा दिने सम्भावना, साँझसम्म आउन सक्ने


मुना हमाल
सुर्खेत, कात्तिक १५ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिनुहुने भएको छ । उहाँले आज साँझसम्म राजीनामा दिने सम्भावना रहेको प्रदेश सरकारका एक मन्त्रीले जानकारी दिनुभयो ।आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ । त्यसपछि मुख्यमन्त्री शाहीले राजीनामा दिनुहुने उहाँले बताउनुभयो । गत वैशाख ३ गते काँग्रेसले मुख्यमन्त्री शाहीलाई सत्ता आलोपालो सञ्चालन गर्ने सहमतिमा विश्वासको मत दिएको थियो ।

अब कर्णालीमा काँग्रेसको नेतृत्वमा सरकार गठन हुने बताइएको छ । काँग्रेसबाट मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलको नेता जीवनबहादुर शाही हुनुहने सम्भावना छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?