logo
२०८२ भाद्र २१ शनिवार



बाढीपीडित सुकुम्बासीलाई राहत वितरण

खुला |
प्रदेश |


बाढीपीडित सुकुम्बासीलाई राहत वितरण


लीला झापाली
बिर्तामोड, कात्तिक १५ गते । नेपाल–भारत मैत्री संघ केन्द्रीय समितिले भद्रपुरस्थित मेची किनारमा बसोबास गर्दैआएका बाढीपीडित सुकुम्बासी बस्तीका ५६ परिवारलाई राहत स्वरुप खाद्यन्न वितरण गरेको छ ।

संघले यही कात्तिक पहिलो साता आएको अविरल वर्षाका कारण उत्पन्न बाढीले डुवानमा परी खाद्यान्न अभावमा रहेका सुकुम्बासी बस्तीका ५६ परिवारलाई खाद्यान्न प्रदान गरेको हो ।

संघका झापा अध्यक्ष प्रदीपमणि रेग्मीको अध्यक्षता तथा नेपाल–भारत मैत्री संघका केन्द्रीय अध्यक्ष प्रदेश १ का प्रदेश सभा सदस्य ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उद्योग संघ झापाका अध्यक्ष यमबहादुर श्रेष्ठ, नेपाल भारत मैत्री संघ केन्द्रीय उपाध्यक्ष सैलेन्द्रकुमार झा, केन्द्रीय महासचिव बोधकृष्ण सुवेदी, संघका उदयपुर जिल्ला अध्यक्ष करुणा झा, भद्ररपुर ५ का वडाध्यक्ष बन्धु कार्की लगायतको उपस्थितिमा १ लाख ५० हजार रुपियाँ बराबरको खाद्यान्न वितरण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?