logo
२०८१ मंसिर ८ शनिवार



प्रेस सेन्टर तनहुँको अध्यक्षमा नेपाली

खुला |
प्रदेश |


प्रेस सेन्टर तनहुँको अध्यक्षमा नेपाली
तस्विर– प्रेस सेन्टरमा निर्वाचित हुनेहरु



अमरराज नहर्की
तनहुँ, कात्तिक १६ गते । प्रेस सेन्टर तनहुँको पाँचौ अधिवेशनले एसबी नेपालीको अध्यक्षतामा कार्य समिति चयन गरेको छ ।
नवगठित कार्य समितिको उपाध्यक्षमा विनिता भण्डारी, सचिवमा करुणा थापा, सहसचिवमा सुवास कुँवर, कोषाध्यक्षमा सावित्री कोइराला चयन हुनुभएको छ । सदस्यहरुमा सूर्यभक्त पौडैल, इश्वरीप्रसाद ढकाल, रविन्द्र कँडेल, मनिषा खड्का, अनु बिक, रेखा सापकोटा, रजनी चुमान, सञ्जयकुमार बिक चयन हुनुभएको छ । त्यसैगरी, केन्द्रीय प्रतिनिधिमा रामबहादुर घले परियार र अस्मिता खनाल र गण्डकी प्रदेश प्रतिनिधिमा आइपी ढकाल र सूर्यभक्त पौडेल चयन हुनुभएको छ । दुई जना सदस्य पछि मनोनित गरिने सेन्टरका अध्यक्ष नेपालीले जानकारी दिनुभयो ।
अधिवेशनको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री आशा कोइरालाले सोमबार उद््घाटन गर्नु भएको थियो । सो अवसरमा खनालले अन्याय, अत्याचार, विभेदलगायतका सबै असमानताको विरुद्धमा सञ्चारकर्मीले सशक्त रुपमा कलम चलाउन आग्रह गर्नुभयो । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश सहइन्चार्ज एवं न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य माधव पनेरुले नेपाल पत्रकार महासङ्घको नेतृत्व प्रदान गर्ने सन्दर्भमा प्रतिगमन विरुद्धका आन्दोलनमा सहभागी भएका घटकहरुबीच एकता गराएर देशव्यापी रुपमा मोर्चा बनाएर अघि बढिएको बताउनुभयो । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य अतिन्द्रकेशरी न्यौपानेले प्रेस सेन्टर नेपाल माओवादी आन्दोलनबाट विकसित गरेको संगठन भएकाले माक्र्सवाद, लेनिनवाद र माओवाद वैचारिक धरातल हो भन्ने कुरालाई यस सङ्गठनमा आवद्ध पत्रकारले भुल्न हुँदैन, भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?