logo
२०८२ भाद्र २१ शनिवार



खोलाले बगाउँदा एक जनाको मृत्य, एक बेपत्ता

खुला |
प्रदेश |


खोलाले बगाउँदा एक जनाको मृत्य, एक बेपत्ता


ध्यान कुलुङ
सङ्खुवासभा, कातिक २१ गते । सङ्खुवासभाको सभापोखरी गाउँपालिका ६ मा दुई जना बालकलाई सभाखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् । भाइटीकाको दिन बिहान ९ बजे बर्ष ८ का बिपन विश्वकर्मा र बर्ष ९ का ऋतिक विश्वकामालाई खोलाले बगाएको हो ।
बाह्रबिसे बजार नजिकैको सभाखोलामा पौडिन खेल्न गएका उनीहरुमध्ये विपनको शव करिब पाँचसय मिटर तल खोला किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ऋतिक अझै विपत्ता छन् । बिपनको शव पोष्ट मार्टमको लागि खाँदबारी अस्पताल ल्याईएको छ ।
सभापोखरी १ का ऋतिक सभापोखरी ६ स्थित मावलीमा पाहुना गएका थिए । भाइटीका लगाउनका लागि घर नजिकैको सभाखोलामा नुहाउन गएका उनीहरुलाई खोलाले बगाएको हो । भाइटीकाको साइत भइसक्दा पनि उनीहरु घर नफर्किएपछि खोलामा खोज्न जाँदा खोला किनारमा लुगा फुकालिएको मात्र भेटिएको स्थानीयले बताएका थिए । त्यसपछि खोलाले बगाएको आशंका गरी प्रहरीलाई खबर गरेका थिए ।
ऋतिकको पनि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?