logo
२०८१ मंसिर ८ शनिवार



दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते, दुवैकाे पहिचान हुन बाँकी

खुला |
प्रदेश |


दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते, दुवैकाे पहिचान हुन बाँकी
दुर्घटनामा मृत्यु भएका पुरुष (श्यामस्वेत तस्विर) र पहिचान नखुलेका पुरुष



अमरराज नहर्की
तनहुँ, कात्तिक २१ गते । तनहुँका दुई स्थानमा भएको सडक दुर्घटनामा परी एक मृत्यु भएको छ भने एक जना बालक गम्भीर घाइते भएका छन् । दुर्घटनामा बिहीबार राति मृत्यु भएका पैदलयात्रुको परिचय खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । कार्यालयका बुधबार विहान साढे ७ बजे बसको ठक्करबाट घाइते भएका पैदलयात्रीको परिचय खुल्न नसक्दा आफन्तलाई शव बुझाउन सकिएको छैन ।
पृथ्वी राजमार्गमा पर्ने व्यास नगरपालिका वडा नं १ तालघरेमा दुर्घटनापछि अचेत शनिबार विहान अवस्थामा भेटिएका ती पुरुषको पोखरास्थित मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ६ ख ५०३१ नं को बसले पैदल यात्रीलाई ठक्कर दिँदा उहाँ घाईते भएपछि दमौलीस्थित रत्नहरी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि पोखरा लगिएको थियो । अन्दाजी करिव ४० वर्षको देखिने ती पुरुषको अनुहार र टाउकोमा गम्भीर चोट लागेको थियो ।
यसैगरी, व्यास नगरपालिका–१ गल्वुवेशीमा शनिबार साँझ ९ः५५ बजे स्कुटरले ठक्कर ठक्कर दिँदा स्थानीय बालक गम्भीर घाईते भएका छन् । गल्वुवेशीबाट दमौली जाँदै गरेको ग १९ प ९७८९ नम्बरको स्कुटरले पैदलयात्री प्रेमबहादुर नेपालीको छोरा वर्ष ९ को पवन नेपालीलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिनुभयो । घाईते बालकको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचारको लागि लगिएको र थप टाउकोको भित्री भागमा चोट लागेकाले थप उपचारको लागि पोखरा पठाइएको उहाँले जानकारी दिनुभयो । अनुसन्धानको लागि स्कुटर र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?