logo
२०८१ मंसिर ७ शुक्रवार



तराईमा छठपर्वको रौनक शुरु

खुला |
प्रदेश |


तराईमा छठपर्वको रौनक शुरु
फाइल तस्विर


कन्हैयालाल केशरी
पर्सा, कात्तिक २२ गते । सुर्यदेवको आराधना गरी तराई–मघेसमा अत्यन्त निष्ठा र उत्सवको रुपमा मनाइने छठ पर्वको रौनक बीरगन्जबासीमा शुरुभएको छ । दीपावली सकिएसगैं छठपर्वको सुरुआतमा बीरगन्जका दुई दर्जनभन्दा बढी जलासय नदी पोखरीको सरसफाई सजाउने तथा झकिझकाउ बनाउने कार्यमा बीरगन्जका बिभिन्न समाजिक संस्था छठ ब्यवस्थापन समिति र क्लबहरुको सक्रियता बढेको छ ।

लक्ष्मीपुजाको चार दिनपछि कात्तिक शुक्लपक्षको चौथी तीथिका दिनबाट सुर्यदेवको आराधना गरी मनाईने छठ पर्व बुधबार साँझ अस्ताउँदो सूर्य र बिहिबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न हुनेछ । छठ पर्व जलाशय नदीं वा पाखरीको घाटमा मनाईने गरिएकाले घाटलाई सुरक्षित बनाई घाटहरुमा लाखौ रकम खर्चेर सरसफाई सजावट बिजुलीबत्तिले झकिझकाउ बनाउनने काम भएको छ । व्यवस्थापन कार्यमा बिभिन्न समाजिक संस्था छठ पुजा ब्यवस्थापन समिति र क्लबहरुको सक्रियता रहेको छ ।

बीरगन्जको सबैभन्दा पुरानो र ब्यवस्थित छठ घाटको रुपमा आफ्नो परिचय बनाउन सफल घडिअर्वा पोखरी परिसर सिर्सिया नदी छपकैया नगवा भिस्वा, मुर्लीलगायगका छठ घाटको सरसफाई तथा सजावटको कार्यले तिब्रता पाएकोछ ।

बीरगन्ज महानगरपालिका १० का वडाअध्यक्ष एवं घडिअर्वा छठ पुजा ब्यवस्थापन समितिका पुर्व अध्यक्ष नगिनाप्रसाद कानुले बीरगन्जको मुटुमा रहेको सबैभन्दा पुरानो छठ घाटको रुपमा स्थापित अडिअर्वा पोखरीको सफाई सजावत र सुरक्षामा यस बर्ष १२ लाखभन्दा बढी रुपियाँ खर्च हुने बताउनुभयो ।

उहाँले गत बर्ष कोभिड १९ का कारण छठघाटमा आउन नसकेका ब्रतालुहरु आफ्नै घर आङ्गनमा छठपर्व मनाएको भएपनि यस बर्ष समुदायमा खुला रुपमा छठपर्व मनाइने भएकोले घडिअर्वा पोखरीमा लगभग चार हजार भन्दाबढी ब्रतालुहरु आउने अनुमान रहेको बताइएको छ ।

निष्ठा र शुद्वताको प्रतीकको रुपमा मनाईने छठ पर्वको किनमेल गर्नेहरुको भिडभाड पनि बढेको छ । बिशेषगरी छठमा अनिर्वाय रहेको बाँसको दौरा डगरा सुपली, माटोको दियो कलश ढकनी हात्ती र प्रसादको रुपमा बिभिन्न प्रकारका फलफुल स्याउ केरा सुन्तला पानी भएको नरिवल उखु मुला अदुवा निम्बु लगायतका सामान खरिद गर्नेहरुको घुइचो लाग्न थालेको छ ।

छठमा लब्रत बस्नाले भाकल गरेको मनोकामना पुरा हुने, चर्मरोग निको हुने सन्तान लाभ हुने आर्थिक समुद्वि तथा शान्ति प्राप्त हुने धार्मिक मान्यता रहेको छ । यो पर्व कुनै एक जातीबिशेष र तराई मघेश मिथिलामा मात्र सीमित नभई पहाड हिमाल र काठमाडौंमा अत्यन्त उत्साहका साथ मनाईने गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?