logo
२०८२ जेष्ठ २३ बिहीवार



श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

खुला |
प्रदेश |


श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ



नारद कोहार

तौलिहवा, कात्तिक २२ गते । श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ परेका छन् । श्रीमतीको हत्या गरी भारत भागेका श्रीमान पक्राउ परेका हुन् ।


कपिलवस्तुको महाराजगञ्ज नगरपालिका ११ बाबा बनगाई बस्ने बर्ष ४५ को रामकेवल लोनियाले आफ्नो ३५ वर्षीया श्रीमती चिन्का लोनियाको हत्या गरी बुद्धभूमि नगरपालिका ९ चम्पापुर कपिलवस्तु साझेदारी वनमा फाली फरार भएको प्रहरीको भनाइ छ ।

लोनियाले गत असोज १७ गते श्रीमतीको हत्या गरी फरार रहेका बेला उनलाई बुद्धभूमि नगरपालिका ९ डुमराबाट प्रहरीले पक्राउ गरेको प्रहरी उपरिक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

प्रहरीले जङ्गलमा मानव कंकाल (खप्पर, हड्डीहरु) भुइँमा भेटिएको, हरियो रङको एक जोर चप्पल, साडीमा माटो लागेको अवस्थामा साडीमा लट्पटिएको शवको हड्डीका केही भागहरु फेला पारेको प्रहरीले जनाएको छ ।

मृतककी छोरी पुनिता लोनियाले इलाका प्रहरी कार्यालय गोरुसिङेको सहयोगमा घटनास्थलमा फेला परेका दशीहरु, सामग्री र मृतकसँग सम्बन्धित चप्पल, कपडाहरुको पहिचान गरेको प्रहरीले जनाएको छ । प्रहरी उपरिक्षक कार्कीका अनुसार कपडा र चप्पलको पहिचानका आधारमा शव पहिचान भएको हो । पक्राउ परेका लोनियालाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?