logo
२०८१ मंसिर ७ शुक्रवार



हुम्लामा जिसस प्रमुखको घरबाट जनगणनाको विवरण लिने कार्य सुरु

खुला |
प्रदेश |


हुम्लामा जिसस प्रमुखको घरबाट जनगणनाको विवरण लिने कार्य सुरु


 

राजन रावत
हुम्ला कात्तिक २५ गते । मेरो गणना मेरो सहभागिता’ भन्ने मूल नाराका साथ हिमाली जिल्ला हुम्लामा अत्यधिक चिसोका बाबजुद पनि १२ औं राष्ट्रिय जनगणना सुरु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतबाट सो विवरण लिन सुरु गरिएको हो ।

जिल्ला जनगणना अधिकारी विनोद भट्टले गणक शोभा रावत सिमकोट गाउँपालिका–६ का जिल्ला समन्वय समितिका प्रमुख रावतको घरमै पुगेर जनगणना सुरु भएको बताउनुभयो । गणकले समन्वय प्रमुख रावतलाई ८० वटा प्रश्न सोधेर प्रश्नावली भर्ने कार्य गर्नुभएको थियो । जनगणनाका लागि आफ्नो विवरण दिइसकेपछि प्रमुख रावतले यो कार्यमा यथार्थ विवरण दिएर जिल्ला बासीलाई सहयोग गर्न अनुरोध गर्नुभयो । सिमकोट ६ मा प्रमुखबाट सुरु भए पनि अन्य ४३ वटा वडामा गणकले आफ्नै किसिमले सुरु गर्ने बताउनुभयो ।

यसका लागि जनगणनाका ८० जना गणक र २३ जना सुपरिवेक्षक खटिनुभएको छ । सुपरिवेक्षक भने जनगणनामा खटिने गणकलाई सहजीकरण र अनुगमन गर्न खटाइएको छ । ८० जना गणकले हरेक घर परिवारमा औसत २० मिनेट लगाउने समय अनुमान गरिएको छ । त्यसका लागि कुल ८० प्रश्न सोधिनेछ । प्रमुखको घरबाट सुरु भएको जनगणनाको विवरण लिने कार्यक्रममा सिमकोट गाउँपालिकाको उपाध्यक्ष बली रावत र वडा अध्यक्ष जयचन्द्र रोकायाको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?