logo
२०८१ मंसिर ७ शुक्रवार



एक महिनापछि खार्पु सिमकोट सडक सुचारु

खुला |
प्रदेश |


एक महिनापछि खार्पु सिमकोट सडक सुचारु
अबरुद्ध रहेको सिमकोट खार्पु सडक खण्डको ओखलढुंगामा दुई दिन अगाडी मर्मत हुँदै । तस्बिर - राजन रावत, हुम्ला



राजन रावत
हुम्ला कात्तिक २७ गते । असोज ३१ गतेबाट अबरुद्ध रहेको सिमकोट खार्पु सडक सुचारु भएको छ । पहिरोले भत्काएको सडक मर्मत तथा सडकमा खसेका ढुङ्गा पन्छाउने कार्य सम्पन्न हुँदा लामो समय बन्द रहेको सडक सुचारु भएको हो ।
गाडी चालक सिंगम भण्डारीले बन्द रहेको एक महिनापछि बन्द रहेको सडक सुचारु भएको बताउनुभयो । उहाँले यातायता सुचारु भएपछि यात्रुहरुलाई सहज भएको बताउनुभयो । पहिरो तथा माथिबाट खसेका ठुला चट्टानले दुई दर्जन स्थानमा सडक अबरुद्ध भएको थियो । अबरुद्ध सडक सुचारु नहुँदा यात्रुहरु सडकमा खसेका चट्टानमै जोखिम उठाए हिँड्न बाध्य हुँदै आउनु भएको थियो ।
पुर्बाधार बिकास कार्यालयका प्रमुख देबी ऐडीले निक्कै लामो प्रयास पछि कार्यालय र हिल्सा सिमकोट सडक आयोजनाको समन्वयमा अबरुद्ध रहेको सडकको मर्मत कार्य गरेपछि यातायात सुचारु भएको बताउनुभयो । खार्पु स्याम्ने खण्डको सडक मर्मत गर्न प्रयोग गरिएको मेशिनको लागि ईन्धन भने खार्पुनाथ गाउँपालिकाले सहयोग गरेको हो । यी कार्यालयलाई दुई वटा मेशिनबाट मर्मत कार्य गर्न एक हप्ता भन्दा बढी समय लागेको थियो । कात्तिक पन्द्र गनेबाट सडक मर्मत कार्य सुरु गरिएको भएपनि मेशीनका लागि आबश्यक ईन्धन अभाब हुँदा काम रोक्नु परेको थियो । उहाँले ईन्धन जुटाउन निक्कै प्रयास गरेर भत्किएको सडकको मर्मत कार्य गर्नु परेको बताउनुभयो । उहाँले दुबै निकायको समन्वयमा सात किलो मिटर भन्दा बढी सडक मर्मत गरिएको बताउनुभयो । मर्मत गरिएको सडकमा खार्पुबाट स्याम्नेसम्म आयोजना र स्याम्नेबाट सिमकोटसम्म पुर्बाधार बिकास कार्यालयले मर्मत गरेको हो । सिमकोटबाट खार्पुसम्म ११ किलो मिटर लम्बाई रहेको छ । भत्किएको सडक मर्मत गरिएपछि एक दर्जन बोलेरो जीप र ट्याक्टर सञ्चालनमा आएका छन् । फोटो क्याप्सन

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?