logo
२०८२ जेष्ठ २३ बिहीवार



मोटरसाइकल ठक्करबाट ११ वर्षिय बालकको मृत्यु

खुला |
प्रदेश |


मोटरसाइकल ठक्करबाट ११ वर्षिय बालकको मृत्यु


सलिम मियाँ
बिजुवार (प्युठान), कात्तिक २७ गते । प्युठानमा मोटरसाइकलको ठक्करबाट एक जनाको बालकको मृत्यु भएको छ ।

जिल्लाको सरुमारानी गाउँपालिका २ ददेरी निवासी ११ वर्षीय सुदीप जिसीको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रबक्ता प्रहरी निरिक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।

पैदल हिँडिरहेका जिसीलाई प्युठानवाट दाङको भालुवाङ तर्फ जाँदैगरेको रा ४ प ५०४८ नम्वरको मोटरसाइलकलले शनिबार दिउँसो ददेरीमा ठक्कर दिएको थियो ।

जिसीलाई उपचारका लागि अस्पताल लैजादैगर्दा बाटोमै मृत्यु भएको हो । गैरेकाअनुसार मोटरसाइकल चालक अहिले फरार छन् । मोटरसाईकलको पछाडि बस्ने एक जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि आक्रोशित स्थानीयले भालुवाङ सडकखण्ड अवरुद्व पारेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?