सलिम मियां
विजुवार (प्युठान), कात्तिक २७ गते । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनका लागि प्युठानमा सबै प्रतिनिधि सर्वसममत चयन भएका छन् ।
एक जना दलित कोटासहित ९ जना प्रतिनिधिका लागि ३५ जनाको उमेदवारी परेकोमा अन्य आकांक्षीले उम्मेदवारी फिर्ता लिएपछि सहमतिमा नौ जना प्रतिनिधि चुनिएका हुन ।
सर्वसम्मत चयन भएका महाधिवेशन प्रतिनिधिहरूमा खुलातर्फ हरि रिजाल, तुल्सीराम शर्मा, धनबहादुर रायमाझी, टेकुलाल गिरी, विजयविराज बिष्ट र डिलबहादुर थापामगर चयन हुनुभएको छ ।
महिला प्रतिनिधितर्फ कमला रिजाल र गोमा रेग्मी चुनिनुभएको छ । दलित प्रतिनिधितर्फ झगबहादुर विश्वकर्मा चयन हुनुभएको एमाले प्युठानले जानकारी दिएको छ । प्युठान एमालेमा ५ हजार जना संगठित सदस्य रहेको एमाले प्यूठानले जनाएको छ ।