logo
२०८१ मंसिर ८ शनिवार



काँग्रेस कैलालीको ९० वटा वडामा सर्वसम्मत

खुला |
प्रदेश |


काँग्रेस कैलालीको ९० वटा वडामा सर्वसम्मत


अविनाश चौधरी
धनगढी, कात्तिक २७ गते । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कैलालीमा आज भइरहेको वडा अधिवेशनमा ९० वटा वडामा सर्वसम्मतले वडा कमिटी र क्षेत्रीय प्रतिनिधि चयन भएको छ ।

जम्मा १२६ मध्ये ९० वडामा वडा सभापतिसहित क्षेत्रीय प्रतिनिधि सर्वसम्मतले चयन भएका काङ्ग्रेस कैलालीका प्रचार प्रसार संयोजक नृप सुनारले जानकारी दिनुभयो । उहाँकाअनुसार ११ वटा वडामा अझै सर्वसम्मतिको प्रयास भइरहेको छ । तर २५ वटा वडामा भने निर्वाचन भइरहेको छ ।

‘केही वडामा आजै निर्वाचन भइरहेको छ भने केही वडामा भोलि निर्वाचन हुन्छ’, उहाँले भन्नुभयो । कैलालीमा १८ हजार २७३ जना क्रियाशील सदस्य छन् । यसअघि, क्रियाशील सदस्य विवादका कारण वडा अधिवेशन हुन सकेको थिएन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?