logo
२०८२ भाद्र २१ शनिवार



राप्रपा वैकल्पिक विचार बोकेको एउटा शक्ति होः अध्यक्ष थापा

खुला |
प्रदेश |


राप्रपा वैकल्पिक विचार बोकेको एउटा शक्ति होः अध्यक्ष थापा


विष्णुप्रसाद पोखरेल
दमक, कात्तिक २८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफुहरुको पार्टी बैकल्पिक बिचार बोकेको मुलकको एउटै मात्र सशक्त पार्टी भएको बताउनुभएको छ । मुलकमा भइरहेको अस्थिरता र विकृत राजनीतिका कारण जनताले बैकल्पिक बिचारलाई आत्मसाथ गर्ने उहाँको भनाई छ ।

झापाको दमकमा आईतवार राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश १ को अधिवेसनको उद्घाटन गर्दै उहाँले ब्यवस्थापिका, कार्यपालिका र अहिले आएर न्यायपालिका समेत बद्नाम हुने अवस्थामा पुगेको बताउनुभयो । जन चाहनाअनुसार मुलक चल्न नसकेको उहाँको भनाई छ । यो बीचमा हाम्रो पनि कमजोरी भएका छन्, कमजोरीलाई आत्मसाथ गरेर अघि बढ्नुको विकल्प छैन उहाँले भन्नुभयो ।

देशमा बढ्दो भ्रष्टाचार र विकृत अवस्थामा पनि पार्टी भूमिकाविहिन भएको भन्दै उहाँले आफुले समेत यो दुई बर्षमा केही गर्न नसकेको स्वीकार गर्नुभयो । म पनि काम विहिन भएको थिएँ र अब अधिवेसनले पार्टीलाई नयाँ गतिमा लैजाने छुँ थापाले प्रतिवद्धता जनाउनुभयो । पार्टीको नेतृत्व सर्बसम्मत बनाउने प्रयास भइरहेको समेत उहाँले बताउनुभयो ।

सोहि कार्यक्रममा संघीय साँंसद समेत रहनुभएका राप्रपाका नेता राजेन्द्र लिङ्देनले अहिलेको नेतृत्वले पार्टीलाई समाप्त पारेको आरोप लगाउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी छ भनेर कार्यकर्ताले महसुस नगर्ने अवस्थामा पुगेको उहाँको भनाई छ ।

पार्टीको प्रदेश १ अधिवेसनमा पार्टीका वर्तमान प्रदेश संयोजक राम थापा र अर्का नेता भक्ति सिटौलाले दाबी गर्नुभएको छ । सहमति नभएमा सोमबार निर्वाचनको कार्यक्रम रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीकाका नेता भीम पौड्यालले जानकारी दिनुभयो । अधिवेसनमा सहभागि हुन दमकमा प्रदेश १ का बिभिन्न जिल्लाका ७ सयभन्दा बढि प्रतिनिधि तथा पर्यवेक्षकहरु सहभागी हुनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?