logo
२०८१ मंसिर ७ शुक्रवार



गाँजा फँडानीमा जुटे सुरक्षाकर्मी

खुला |
प्रदेश |


गाँजा फँडानीमा जुटे सुरक्षाकर्मी


नागेन्द्रकुमार कर्ण
जलेश्वर, कात्तिक २९ गते । चाडपर्व समाप्तिसँगै सुरक्षा निकायले लागुऔषधको रुपमा चिनिदै आएको गाँजा फँडानी कार्यमा जुटेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश विष्टले विभिन्न पालिकाहरुमा अवैध रुपमा लागुऔषध गाँजाको बोट लगाएको सूचनाको आधारमा गाँजा फडानी कार्यलाई तीव्रता दिइएको जानकारी दिनुभयो ।

आइतबार मात्रै जिल्लाको दुई पालिकामा लगाइएको करिब आठ लाख गाँजाको बोट उखेलिएको जानकारी दिनुहुँदै उहाँले यो कार्यलाई आगामी दिनमा निरन्तरता दिइने बताउनुभयो । महोत्तरी गाउँपालिका र एकडारा गाउँपालिकाको चार–चार बिघामा लगाइएको गाँजाको बोट उखेलेर नष्ट गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको उपस्थितिमा गरिएको अभियानमा प्रहरी उपरिक्षक दिनेशकुमार आचार्य, सशस्त्र प्रहरी बल, नेपाल नं. ९ गण हेडक्वार्टर महोत्तरीका सशस्त्र प्रहरी उपरिक्षक सुरेश सापकोटासहितको संयुक्त टोलीले बिहान ११ बजेदेखि ५ बजेसम्म गाँजा फँडानीको काम गरिरहेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्तरी गाउँपालिकाको वडानं. ४ रानी रतवाडा तथा एकडारा गाउँपालिकाको वडानं. ५ को गेनाबथनाहामा लगाइएको गाँजा फडानी गरिएको हो । दुवै ठाउँ गाँजाखेतीको लागि परिचित मानिन्छ । नेपालमा मकवानपुर, पर्सा, बारा र महोत्तरीमा गाँजा खेती हुँदैआएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले साउनदेखि असोजसम्मको तीन महिनामा लागुऔषध मुद्दामा २४ जनालाई पक्राउ गरी १८ वटा मुद्दा दर्ता गरेको जनाएको छ । साउन महिनामा ७ वटा मुद्दामा ९ जनालाई पक्राउ, भदौमा ६ मुद्दामा ८ जनालाई पक्राउ तथा असोज महिनामा ५ मुद्दामा ७ जनालाई विभिन्न लागु औषधसहित पक्राउ गरेको प्रहरी प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?