logo
२०८१ मंसिर ७ शुक्रवार



मुगुमा आगलागी पीडितलाई राहत वितरण

खुला |
प्रदेश |


मुगुमा आगलागी पीडितलाई राहत वितरण


मुना हमाल
सुर्खेत, मङ्सिर १ गते । मुगुको गमगढीका अग्निपीडितलाई प्रदेश सरकारले राहत उपलब्ध गराएको छ । गएको सोमबार राति छाँयानाथ नगरपालिका १ गमगढी बजारमा भएको आगलागीबाट पीडित भएकाहरुलाई प्रदेश सरकारले राहत उपलब्ध गराएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही नेपाली सेनाको हेलिकोप्टरमार्फत बुधबार राहत लिएर गमगढी पुग्नुभएको थियो । आगलागी पीडितका लागि लत्ताकपडा र टेन्ट वितरण गरिएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले आवश्यक पर्ने राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।

मुख्यमन्त्री शाहीले राहत उपलब्ध गराउनुका साथै आगलागी प्रभावित ठाउँको अनुगमन गर्नुभएको छ । आगलागी पीडितले उचित राहत र आवास निर्माणमा सघाउन माग राखेका थिए । क्षतिको विवरण आइसकेपछि आवास तथा अन्य राहतको प्याकेज ल्याउने उहाँले आश्वासन दिनुभयो । स्थानीय प्रशासनको सिफारिसमा थप राहत उपलब्ध गराउने उहाँको भनाई छ ।

अग्नीपीडितसँग उहाँले भन्नुभयो, “आगलागीबाट भएको क्षतिको विवरण आइसकेपछि थप राहतको व्यवस्था गछौँ । आवास निर्माणका लागि कार्यक्रम ल्याउँछौँ । प्रदेशले पनि गर्छ र संघीय सरकारसँग पनि पहल गछौँ ।”

प्रदेश प्रहरी कार्यालयकाअनुसार आगलागीबाट २६ घरमा क्षति पुगेको छ । बुधबारसम्म २५ घरको ३५ करोड ८९ लाख ४२ हजार १७० रुपियाँ बरारबरको क्षति भएको विवरण संकलन भएको छ । त्यसमध्य घरधनीको २२ करोड २८ लाख एक हजार र कोठा भाडामा बस्ने परिवारको १३ करोड ८६ लाख ६१ हजार १७० भाडामा बस्नेहरुको क्षति भएको छ । भाडामा बस्ने ५६ जना व्यक्तिले आगलागीबाट क्षतिको विवरणको प्रहरीमा निवेदन परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?