logo
२०८२ जेष्ठ २४ शुक्रवार



प्रहरी सरुवा भएपछि अब कपिलवस्तुमा बिस्तारा बोक्नु नपर्ने

खुला |
प्रदेश |


प्रहरी सरुवा भएपछि अब कपिलवस्तुमा बिस्तारा बोक्नु नपर्ने


जानु पाण्डे
कपिलवस्तु मंसिर २ गते । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सरुवा भएपछि बिस्तारा बोकेर आउनु पर्ने बाध्यता अब अन्त भएको छ । ‘एक जवान एक बिस्तारा’ कार्यक्रम सञ्चालन गरी सबै प्रहरीको लागि आरामदायी बिस्तारा (म्याट्रिक्स) खरिद भएको छ ।

कार्यालयका जवानदेखि सबै कर्मचारीलाई एक थान म्याट्रिक्स हस्तान्तरण गरिएको छ । बुधवार कार्यालय प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले म्याट्रिक्स हस्तान्तरण गर्नु भएको छ । सानो दर्जाका कर्मचारी खासगरी प्रहरी जवान तथा हवलदारको कतैखाट नभएको खाट भए पनि बिस्तारा राम्रो नभएको हुँदा सुरुमा खाटको व्यवस्था गरी बिस्तारा दिने योजना बनाएको बताइएको छ ।

चिसो मौसममा पनि अब प्रहरीहरु आरामदायी तरिकाले सुत्नसक्ने एसपी कार्कीको विश्वास रहेको छ । यो प्रकारका कार्यक्रम यस अगाडि जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय इटहरीका लागु भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता धर्मराज भण्डारीले बताउनुभयो । जिप्रका कास्कीमा कार्की र इप्रका इटहरीका भण्डारी प्रमुख हुँदा कार्यक्रम लागु गरिएको थियो ।

प्रहरी सरुवा हुँदा आफूले प्रयोग गरेका बिस्तारा बोकेर लैजानु पर्ने बाध्यता थियो । कार्यक्रम लागु भएपछि जिल्लामा आउने प्रहरीलाई सहज हुने भएपनि यहाँबाट सरुवा भएर जाने प्रहरीले भने बिस्तारा बोक्नु पर्ने बाध्यता रहेको प्रहरी हवलदार शान्ता खत्रीले बताउनुभयो ।

हाल जिल्ला प्रहरी कार्यालयमा मात्र कार्यक्रम लागु भएको छ । अन्य युनिटमा भने बजेट नभएको कारणले गर्न नसकिएको बताइएको छ । खरिद गरिएको म्याट्रिक्सको रकम कार्यालय भित्र च्यारिटी गरी उठाइने योजना छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?