logo
२०८१ मंसिर ८ शनिवार



काँग्रेसको वडा अधिवेशनः निर्वाचन अधिृकतमाथि हातपात

खुला |
प्रदेश |


काँग्रेसको वडा अधिवेशनः निर्वाचन अधिृकतमाथि हातपात


जनार्जन खत्री
सर्लाही, मङ्सिर २ गते । सर्लाहीमा नेपाली काँग्रेस अधिवेशन गराउन खटिनुभएका निर्वाचन अधिकृतमाथि हातपात भएको छ । बिहीवार मध्यान्ह सदरमुकाम मलङ्गवास्थित पार्टी कार्यालयमा निर्वाचन अधिकृत दिवाकरराज पाण्डेमाथि काँग्रेसकै एक समूहले हातपात गरेको हो ।

जिल्ला पार्टी कार्यालयमा मतदान अधिकृत खटाउने विषयमा छलफल भइरहेकाबेला निर्वाचन अधिकृत पाण्डेमाथि हातपात भएपछि उहाँलाई सुरक्षित स्थानमा राखिएको काँग्रेसले जनाएको छ ।

अहिले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । दुई पक्षबीचको विवादले गर्दा निर्वाचन गराउन नसकेपछि यसअघिका निर्वाचन अधिकृत विनोद कार्कीले राजिनामा बुझाएर गएपछि काँग्रेस केन्द्रीय निर्वाचन समितिले पाण्डेलाई सर्लाहीको निर्वाचन अधिकृत बनाएर खटाएको थियो ।

पाण्डेकै अध्यक्षतामा बसेको बैठकले बिहीवार जिल्लाका २० वटै पालिकाका सबै २०० वटा वडामा अधिवेशन गराउने निर्णय गरेको थियो । तर जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्व जिल्ला सभापति लक्ष्मण राय पक्षबीच मतदान अधिकृत खटाउने विषयमा सहमति हुन नसक्दा वडा अधिवेशन हुन सकेको थिएन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?