नगेन्द्रकुमार कर्ण
जलेश्वर, मङसिर २ गते । महोत्तरीमा एक महिलालाई जवरजस्ती करणी गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी बिहिबार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक दिनेशकुमार आचार्यले जिल्लाको भंगहा नगरपालिका २ को बखरी टोलकी ३५ वर्षिया एक जना दलित महिलालाई जवरजस्ती करणी गरी हत्या गरिएको थियो । सोही नगरपालिका ५ सितापुर बस्ने बिपीन मण्डल तथा धनुषा जिल्लाको क्षिरेश्वरनाथ न.पा.३ पर्सा पकडिया बस्ने मनोज यादवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
दलित महिला तथा मनोजकुमार यादवबीच पहिलादेखि नै चिनजान रहेको अवस्थामा असोज १३ गते दुवै जना ज ९ प ५१५८ नम्बरको मोटरसाइकलमा बसाई चौरीमा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरी उपरिक्षक आचार्यले भन्नुभयो, ‘बलात्कारको कारण बेहोस भएका महिलालाई सोही राति दुवैले घरमा छाडेर फरार भएका थिए । बेहोसी अवस्थामा महिलालाई प्रादेशिक अस्पताल जनकपुर पु¥याइएकोमा उनको उपचारकै क्रममा भोलीपल्ट मृत्यु भएको थियो ।
घटनामा दोसी करार भएका बिपिन यादव गाउँमा लुकिछिपी बसिरहेको सुचनाको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । यादवलाई सिरहाको मिर्चेया न.पा.५ बाट पक्राउ गरिएको प्रहरुीको भनाई छ ।
पक्राउ परेका दुवैलाई जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गर्न अदालतसँग म्याद लिने काम भइरहेको प्रहरुीले जनाएको छ । महोत्तरीमा गत साउन यता जिल्लामा ८ जना जवरजस्ती करणी तथा तीनवटा करणी उद्योगको घटना भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जवरजस्ती करणी मुद्दामा एकजना बालविवाह तथा अर्को शरीरबन्धक देखिएको बताउनुभयो ।