चन्द्र पन्दाक
ताप्लेजुङ, मङ्सिर ३ गते । प्रेस सन्टर नेपाल ताप्लेजुङको अध्यक्षमा जीवन कालिकोटे चयन हुनुभएको छ । शुक्रबार विहान सम्पन्न चौथो जिल्ला सम्मेलनले कालिकोटे अध्यक्ष रहेको जिल्ला समन्वय समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा राजकुमार गुरुङ, सचिवमा दिलकुमार लिम्बू, सहसचिवमा कमल बिष्ट र कोषाध्यक्षमा टीकामाया यक्सो चयन हुनुभएको छ । सदस्यहरुमा प्रकृति गुरुङ, विवश केदेम, अनिता पन्दाक, तेन्जित कार्की, अबिर यक्सो, पुष्पा लिबाङसहित १५ सदस्यीय जिल्ला समन्वय समिति सम्मेलनमार्फत चयन गरिएको नवनिर्वाचित अध्यक्ष कालिकोटेले जानकारी दिनुभयो ।
यस्तै, केन्द्रीय प्रतिनिधिमा दिलकुमार लिम्बू र टीका यक्सो तथा प्रदेश प्रतिनिधिमा राजकुमार गुरुङ र अनिता पन्दाक चयन हुनुभएको छ । जिल्ला सम्मेलन नेकपा (माओवादी केन्द्र) १ नम्बर प्रदेश समिति सदस्य मिङ्माडण्डु शेर्पा, प्रेस सेन्टर नेपाल केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य प्रयास लिम्बू, माओवादी केन्द्र ताप्लेजुङ १(ख) का संयोजक विष्णुकुमार लिम्बूलगायतको उपस्थितिमा सम्पन्न गरिएको जनाइएको छ ।