logo
२०८१ मंसिर ८ शनिवार



तनहुँ काँग्रेसमा एक सभापति र्निविरोध तीन जना निर्वाचित

खुला |
प्रदेश |


तनहुँ काँग्रेसमा एक सभापति र्निविरोध तीन जना निर्वाचित


अमरराज नहर्की
तनहुँ, मङ्सिर ४ गते । नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत तनहुँमा चारवटै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन भएको छ । तीन वटामा मतदानमार्फत र एकमा निर्विरोध नेतृत्व चयन भएको काँग्रेस तनहुँले जनाएको छ ।

क्षेत्र नम्बर १ (क) को सभापतिमा विश्वेश्वर खनाल निर्वाचित हुनुभएको छ । २९० मत प्राप्त गर्दै खनाल सभापतिमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी शेष मोहम्मद हनिफ (गोरा मियाँ) ले दुई सय १६ मत प्राप्त गर्नुभयो । यसैगरी उपसभापतिमा बलबहादुर पोखरेल, सविता उप्रेती र राजु खड्का विजयी हुनुभएको छ ।

उपसभापतिमा खनाल प्यानलका उप्रेती र मिया प्यानलका खड्काले २३१ मत प्राप्त गरी बराबर हुनु भएको छ । सचिवमा ईश्वरप्रसाद पौडेल र हरिप्रसाद ढकाल, सहसचिवमा माधव न्यौपाने र मीनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । प्रदेश प्रतिनिधिमा कमल पण्डित, चिरञ्जिवी अधिकारी, ज्योति श्रेष्ठ, तुलसीराम सापकोटा, बाबुराम बगाले सुरेश थापा, हरिदत्त पौडेल, कान्छीमाया तामाङ, तीर्थमाया पौडेल, ओजराज पौडेल, विद्या पाण्डे जिसी, केशकुमारी राना (काशी राना), अमर गुरुङ, मनिलाल श्रेष्ठ, सकिना खातुन र बुद्धकुमार परियार विजयी हुनुभएको छ ।

काँग्रेस तनहुँ क्षेत्र १ (ख) प्रदेश समितिको सभापतिमा काजीमान श्रेष्ठ निर्वाचित हुनुभएको छ । सभापतिमा विजयी श्रेष्ठले २२० मत पाउँदा अर्का प्रत्यासी राजेन्द्र पियाले १५४ मत प्राप्त गर्नुभयो । अधिवेशनबाट श्रेष्ठ प्यानलका सबै विजयी भएका छन् । उपसभापतिमा राधा खनाल र बाबुराम श्रेष्ठ, सचिवमा हरिशरण खनाल र लक्ष्मीकान्त मिश्र विजयी हुनुभएको छ । सहसचिवमा विराट केसी र गोपाल थापा विजयी हुुनुभयो ।

प्रतिनिधिमा अमृतबहादुर नेपाली, चित्तबहादुर थापा, गिरबहादुर थापा, विमला थापा, विपीन गुरुङ, पञ्चमाया गुरुङ, महेशराज भट्टराई, तमबहादुर दरै, प्रेमबहादुर गुरुङ, तुलक कैनी, कर्णबहादुर गुरुङ, मदन पण्डित, निमबहादुर थापा, रामचन्द्र पण्डित, विद्या खनाल, पवित्रा गौली र शान्ता बास्तोला निर्वाचित हुनुभयो । पिया प्यानलबाट गिरबहादुर थापा मात्रै प्रदेश प्रतिनिधीमा विजयी हुनुभएको र बाँकी सबै श्रेष्ठ प्यानलबाट विजयी हुनुभयो ।

क्षेत्र नम्बर २ प्रदेश (क) मा सभापतिमा जितराज रानाको पुरै प्यानलले विजयी बन्यो । सभापतिमा विजयी रानाले २३८ मत प्राप्त गर्नुभयो । प्रत्यासी हिरा थापाले १८१ म प्राप्त गर्नुभयो । उपसभापतिमा रेशमलाल पौडेल र पशुपति क्षेत्री, सचिवमा हरि भण्डारी र राजेशकुमार श्रेष्ठ, सहसचिवमा मुक्तिप्रसाद सापकोटा र केशबहादुर थापा विजयी हुनुभयो ।

प्रदेश प्रतिनिधिमा रविचन्द्र पौडेल, शिवशरण वाग्ले, श्रीबहादुर थापा, शिवबहादुर आले, समुन्द्रराम श्रेष्ठ, तुलबहादुर गुरुङ, लोकेन्द्र थापा, सुलोचना गौतम, बासना श्रेष्ठ, बिना खनाल, डोलबहादुर सुनार, जुक्तराज वाग्ले, निशा पौडेल, अन्जनकुमार श्रेष्ठ, हिरालाल गुरुङ, सीता कुमाल र निरबहादुर पुन विजयी हुनुभएको छ ।

यसैगरी क्षेत्र नम्बर २ प्रदेश (ख) को सभापतिमा इन्द्रबहादुर आले निर्विरोध निर्वाचित हुनुभएको छ । दुई उपसभापतिमा इमानसिंह थापा र आनन्ददेव श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । सचिवमा सुशीलकुमार श्रेष्ठ र अशोक गिरी, सहसचिवमा चुननारायण श्रेष्ठ र माधव लम्साल निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरी प्रदेश प्रतिनिधिमा विष्णुवीर थापा, नारायणप्रसाद भट्टराई, ध्रुवकुमार श्रेष्ठ, सीता कुमाल, मदन थापा, मीरा आले थापा, श्रीराम आले, मथुराकृष्ण श्रेष्ठ, राजेन्द्र अर्याल, भविसरा आले, विजयराज सुवेदी, पदमबहादुर थापा, तिलिसिरा थापा, रोमाया थापा, प्रभात आले, कुलबहादुर सुनार र चिनबहादुर आले निर्विरोध निर्वाचित हुनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?