logo
२०८१ मंसिर ७ शुक्रवार



दैलेखका चारवटा प्रदेशसभा निर्वाचन क्षेत्रमा काँग्रेसको नयाँ नेतृत्व

खुला |
प्रदेश |


दैलेखका चारवटा प्रदेशसभा निर्वाचन क्षेत्रमा काँग्रेसको नयाँ नेतृत्व


कमल शर्मा
दैलेख, मङ्रसिर ५ गते । नेपाली काँग्रेसले दैलेखमा रहेका चार वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा मतदानमार्फत नयाँ नेतृत्व चयन गरेको छ । काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत चार वटै प्रदेशसभा निर्वाचनको मतपरिणाम शनिवार साझा घोषणा गरेसँगै चार वटै प्रदेशमा नयाँ नेतृत्व चयन भएको हो ।

दैलेख निर्वाचन क्षेत्र १ को (क) मा बखतबहादुर सापकोटाको प्यानल विजयी बनेको छ । १ (ख) मा नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढामगरको प्यानल निर्वाचित भएको छ । दुबै पौडेल पक्ष समूहबाट उम्मेदवार बन्नुभएको थियो ।

निर्वाचन क्षेत्र नम्बर २ (क) मा प्रदेश सभापतिमा टङ्क रिमाल निर्वाचित हुुनुभएको छ । निर्वाचन क्षेत्र नम्बर २ (ख) मा खगेन्द्र शाही ‘राउटे’ विजयी हुनुभएको छ । उहाँहरु दुबै पार्टी सभापति शेरबहादुर देउवा समूहबाट निर्वाचनमा उम्मेदवारी दिनुभएको थियो ।

दैलेख निर्वाचन क्षेत्र नं. १ प्रदेश (ख) मा निर्वाचित प्रदेश सभा सभापति भदे बुढामगरले निर्वाचनमा दुई समूह बनाएर निर्वाचनमा गए पनि पार्टीलाई एक ढिक्का बनाएर लैजाने बताउनुभयो ।

लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको हुँदा निर्वाचनमा दुई समूहमा बनायौँ त्यो निर्वाचनसम्म मात्र हो पार्टीलाई चलायमान र गतिशील बनाउन आफूले कुनै कसर बाँकी नराख्ने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?