logo
२०८१ जेष्ठ ८ मंगलवार



लयमा फर्कंदै हस्तकला व्यवसाय

खुला |


लयमा फर्कंदै हस्तकला व्यवसाय


भेषराज बेल्बासे

काठमाडौँ, मङ्सिर ६ गते । कोरोनाका कारण सुस्ताएको अर्थतन्त्रलाई हस्तकला व्यवसायले बौराउँदै छ । वार्षिक करिब ११ अर्ब रुपियाँ बराबरको कारोबार गर्दै आएको यो व्यवसाय कोरोना सङ्क्रमणका कारण
खस्केर वार्षिक सात अर्ब रुपियाँमा झरेको थियो तर त्यस्तो अवस्थालाई अन्य क्षेत्रको तुुलनामा कम भन्न नमिल्ने नेपाल हस्तकला महासङ्घका उपाध्यक्ष दीपेन्द्र शाक्य बताउनुहुुन्छ ।
अहिले अवस्थामा सुधार हुँदै छ । असारदेखि मङ्सिरसम्म मात्रै तीन अर्ब रुपियाँभन्दा बढीको हस्तकलाजन्य सामग्री निर्यात भइसकेको छ । युुरोप र अमेरिकालगायतका मुलुुकमा विशेष गरी फेल्टलगायतका टेक्सटाइल उत्पादनको माग पुु-याउन यो क्षेत्रका व्यवसायीलाई हम्मेहम्मे छ ।

महासङ्घका अनुसार हस्तकला व्यवसायमा दुुई खर्ब लगानी छ, आठ लाखले रोजगारी पाएका छन् र महासङ्घमै चार हजारभन्दा बढी व्यवसायी आबद्ध छन् ।
अहिले हस्तकलाका लागि आवश्यक कच्चा पदार्थ सहज रूपमा उपलब्ध नहुँदा बजारको माग धान्न कठिन भएको महासङ्घले जनाएको छ । विशेष गरी हस्तकलाअन्तर्गत पस्मिना, ढाकाका कपडा, गरगहनालगायतका सामग्रीको धरै व्यापार हुने महासङ्घले जनाएको छ । हस्तकला क्षेत्रमा पछिल्लो समय युवापुस्ताको समेत आकर्षक बढ्दो रहेको छ ।

महासङ्घका अनुसार कोरोना महामारीका बीच पनि हस्तकला क्षेत्रमा रहेका सबै क्षेत्रलाई असर गरेन । परम्परागत हस्तकलालाई असर प-यो, नयाँ र आधुुनिक हस्तकलामा खासै असर गरेन । पछिल्लो समय हस्तकलाजन्य सामग्री निर्यातमा चार्टर फ्लाइट महँगो हुँदा केही असर देखिएको महासङ्घले जनाएको छ । हस्तकलाको राम्रो सम्भावना भनेको विदेश निर्यात नै भएकाले सबै अन्तर्राष्ट्रिय उडान सुचारु हुँदा यो व्यवसायको समस्या हटेर जाने उपाध्यक्ष शाक्यको विश्वास छ ।
कोरोनाका कारण हस्तकला व्यावसायी आक्रान्त, अर्थतन्त्रमा असर र सबै निराशातिर गइरहेको अवस्थामा अलिकति चलायमान बनाएर स्थानीय, प्रदेश र केन्द्र सरकारलाई हस्तकला व्यवसायको विषय उजागर गरेर प्रदर्शनीमार्फत व्यवसाय विस्तार गर्न खोजेको महासङ्घको भनाइ छ ।

नेपाल सरकारले १० देखि ११ अर्ब रुपियाँ बराबरको कारोबार गर्ने हस्तकला व्यवसायलाई प्राथमिकता नै नदिएको महासङ्घको गुुनासो छ । कच्चा पदार्थको एकदमै अभाव, नीतिगत कुनै व्यवस्थाको अभावका बाबजुुद निजी क्षेत्रले जेजति कच्चा पदार्थ ल्याउँछ त्यसकै भरमा चलेको यो क्षेत्र उत्पादनका अवस्थामा सक्षम, गुणस्तर सामान बनाउँदै आएको महासङ्घको दाबी छ ।

पछिल्लो समय कोरोना सङ्क्रमण दरमा कमी आएसँगै महासङ्घले हस्तकला क्षेत्रलाई चलायमान बनाउन विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
महासङ्घका अर्का उपाध्यक्ष रवीन्द्र शाक्यका अनुसार मेलाले राज्यका नीति निर्माण तह र निकायको ध्यानाकर्षण हुने अपेक्षा गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?