शिवराज ढुङ्गाना
अछाम, मङ्सिर ६ गते । घाँस काट्न गएको बेलमा लढेर रामारोशनमा एक पुरुषको सोमबार ज्यान गएको छ । रामारोशन गाउँपालिका–५ का ४५ वर्षीय बल विकको ज्यान गएको वडा अध्यक्ष लक्ष्मण परियारले जानकारी दिनुभयो । स्थानीय सानटुक्रा भन्ने भीरमा घाँस काट्न गएको बेलामा अन्दाजी एकसय मिटर तल खसेर ज्यान गएको बताइएको छ ।
केही वर्षअघि सोही भीरमा मृतककी श्रीमतीको ज्यान गएको स्थानीयको भनाइ छ । मृतकका श्रीमती तीन छोराछारी रहेको बताइएको छ । असहज स्थानमा घाँस काट्न गएर लडेर मृत्यु हुनेको समस्या अछाममा छ ।