जानु पाण्डे
कपिलवस्तु मङ्सिर ६ गते । अपाङ्गता भएकाहरुले प्रयोग गर्ने शौचालयलाई मर्मत गरी अपाङ्गतामैत्री बनाउन सुरु भएको छ । कपिलवस्तुमा कुष्ठरोग तथा हात्तीपाइले रोग प्रभावित र शारीरिक अपाङ्गता भएका ५०भन्दा बढी शौचालय मर्मत भएको छ ।
मर्मतपछि अपाङ्गता भएकालाई शौचालय पुग्न ¥याम र प्रयोगकर्तालाई उठ्न बस्न सहज बनाउन हातले समाउन स्टिलको पाइप राखी मर्मत गरिएको कालिका स्वावलम्बन सामाजिक केन्द्रका कार्यकारी निर्देशक अर्जुन थापा मगरले बताउनुभयो ।
एउटा शौचालय मर्मत गर्न १० हजार रुपियाँ खर्च गरिएको छ । यसै गरी संस्था र स्थानीय सरकारको संयुक्त लगानीमा स्वास्थ्य संस्थाका शौचालय मर्मत गरी अपाङ्तामैत्री बनाइएको छ । तीन वर्षमा ८ स्वास्थ्य संस्थाको शौचालय मर्मत गरिएको छ । मर्मतका लागि शिवराज नगरपालिका, महाराजगञ्ज नगरपालिका र शुद्धोधन गाउँपालिकाले आर्थिक सहयोग गरेका छन् ।
मर्मतपछि शौचालय अपाङ्गतामैत्री भएकाले उपचारका लागि आउने बिरामीलाई सहज भएको कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताउनुभयो । कपिलवस्तुमा अपाङ्गता भएका नागरिकलाई जीवनयापनमा सहयोगका लागि तीन वर्षदेखि आधारभूत स्वास्थ्य परियोजना सञ्चालनमा छ ।