logo
२०८२ भाद्र २१ शनिवार



बाढी डुबान पीडितलाई राहत घोषणा

खुला |
प्रदेश |


बाढी डुबान पीडितलाई राहत घोषणा


विष्णुप्रसाद पोखरेल
दमक, मङ्सिर ६ गते । बेमौसमी वर्षा र हावाहुरी कारण धानबाली नष्ट भएका झापा हल्दिबारीका किसानहरुका लागि गाउँपालिकाले राहत कार्यक्रम सार्वजनिक गरेको छ । झापामा स्थानीय सरकारको तर्फबाट गाउँपालिकाले पहिलो पटक किसानहरुका लागि राहत कार्यक्रम सार्वजनिक गरेको हो ।

वर्षाका कारणले पूर्णरुपमा धानबाली क्षति बेहोरेका किसानलाई हल्दिबारी गाउँपालिकाले यो वर्ष मालपोत करमा शत प्रतिशत छुट दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले बताउनुभयो । क्षमताले भ्याएसम्म राहत दिने हो, हामीले मालपोत कर नलिने निर्णय लिएका छौं उहाँले भन्नुभयो ।

गाउँपालिकाभित्र पूर्णरुपमा ९३७ बिघा, आंशिक रुपमा ७३० बिघा र सामान्य रुपमा १७७ बिघा जमिनमा लगाइएको धानबालीमा क्षति पुगेको विवरण गाउँपालिकासँग रहेको पनि पोर्तेलको भनाइ छ । पूर्णरुपमा धानबाली नष्ट भएका कृषकहरुलाई यो वर्ष तिर्नुपर्ने मालपोत करमा सय प्रतिशत छुट, आंशिक रुपमा क्षति भएका कृषकलाई ७५ प्रतिशत छुट र सामान्य क्षति भएका कृषकलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

अधिँया र ठेक्कामा खेती गर्ने कृषकहरुका लागि अर्को विशेष प्याकेज पनि गाउँपालिकाले ल्याएको बताएको छ । धानबाली नष्ट भएको जमिनमा आवश्यक पर्ने धानको बीउ आगामी वर्षमा गाउँपालिकाबाट निःशुल्क रुपमा उपलब्ध गराउने निर्णय भएको प्रवक्ता पोर्तेलले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?