logo
२०८१ मंसिर ८ शनिवार



कुडुलेमा ‘एक घर एक धारा’

खुला |
प्रदेश |


कुडुलेमा ‘एक घर एक धारा’


अर्जुन काफ्ले
स्याङ्जा, मङसिर ६ गते । फेदीखोला गाउँपालिकाले आफ्नै सक्रियतामा लिफ्टिङको माध्यमबाट एक घर एक घाराको व्यवस्था गरेको छ । यहाँको वडा २ का कुडुले र जिटी टोलका ८० घरधुरीमा घरघरै पानीको धारा पुर्याएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।

मुहानमा १० घनलिटरको ट्याङ्की निर्माण गरी २१२ भर्टिकल हाइटमा साढे दुई इन्चको जीआई पाइपको मध्यमबाट कुडुलेमा पानी लगिएको छ । कुडुलेमा ४० घलिको ट्याङकी पानी सङ्कलन गरी कुडुलेको ५० घर र जिटी टोलमा १० घलिको ट्याङ्की निर्माण गरेर ३० घरधुरीमा मिटरसहित पानी पु¥याएको सुवेदीले बताउनुभयो ।

खानेपानी योजना श्री क्रियटिम एन.एन.ए. जेभी पुतलीबजार १ ले एक वर्षमा काम सक्नेगरी २०७७ असोज २८ मा सम्झौता गरेर निर्धारित समयमै काम सकेको हो । लिफ्टिङ खानेपानी योजना पालिकाको लगानीमा ८६ लाख ४८ हजार ५२५ रुपियाँको लागतमा निर्माण भएको हो ।

यहाँ एक किलोमिटर मुख्य लाइन र पाचँ हजार ८५२ मिटर सहायक लाइनको माध्यमबाट घर–घरमा पानी पुगेको इन्जिनियर तारानाथ पौडेलले बताउनुभयो । साढे सात हर्ष पावरको बिद्युतीय र मोटरबाट कुडुलेमा रहेको मुख्य ट्याङ्कीबाट पानी तानिएको बताउँदै पौडेलले घर घरमा रहेको मिटरमा आउने महसुल ५० प्रतिशत पालिकाले तिर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

हिउदँको समयमा खानेपानी अभाब रहेको यहाँका स्थानियलाई गाउँभन्दा तल सर्केटारीमा रहेको मुलबाट लिफ्टिङ गरेर दुई गाउँमा पानी लगेपछि स्थानिय हर्षित भएका छन् । खानेपानीको अभावमा सानोमा घण्टौसम्म लाइनमा बसेको स्मरण गर्दै स्थानिय विष्णु सुबेदीले पानी कुर्दा कुर्दै विद्यालय नै जान नपाएको बताउनुभयो ।

विगतमा पानीको अभावमा पाएको दुःख हेर्दा अहिले सुखका दिन आएकोझैं भएको सुवेदीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?