logo
२०८२ भाद्र ६ शुक्रवार



सुनकाे मूल्य तोलामा १६ सय रुपियाँ घट्यो

खुला |
अर्थ |


सुनकाे मूल्य तोलामा १६ सय रुपियाँ घट्यो


काठमाडौँ, मङ्सिर ७ गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपियाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९३ हजार ९०० रुपियाँमा कारोबार भएको सुन आज प्रतितोला एक हजार ६०० रुपियाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ८०० रुपियाँ कायम भएकामा सोमबार प्रतितोला ९३ हजार ४०० रुपियाँ पुगेको थियो ।    
    
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपियाँले घटेर एक हजार २५५ रुपियाँ तोकिएको महासङ्घले जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०८ डलर आसपासमा कारोबार भइरहेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?