logo
२०८१ मंसिर ७ शुक्रवार



क्षेत्रीय सभापतिमा दशरथ खड्का निर्वाचित

खुला |
प्रदेश |


क्षेत्रीय सभापतिमा दशरथ खड्का निर्वाचित


कमल शर्मा
दैलेख, मङसिर ८ गते । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दैलेख निर्वाचन क्षेत्र १ को क्षेत्रिय सभापतिमा दशरथ खड्का बिजयी हुनुभएको छ । काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर मानिने खड्काले प्रतिस्पर्धीलाई १ सय ६० मत अन्तरले पराजित गदै बिजयी हुनुभएको हो ।

खड्काले ४ सय ७० मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी डुगेश्वर गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका नगेन्द्र मल्लले तीनसय १० मत प्राप्त गरी उपबिजेता बन्नुभयो । बुधबार बिहान प्राप्त मत परिणामअनुसार सचिव पदमा खड्का प्यानलकै प्रकाश न्यौपाने र विनोदकुमार गुरुङ्ग विजयी हुनुभयो ।

यस्तै सहसचिवमा कृष्णकुमार दाहाल र सिताराम थापा, खुलातर्फ क्षेत्रीय सदस्यमा कर्णबहादुर शाही, टेकबहादुर भण्डारी र युवराज रेग्मी विजयी हुनुभयो । खुल्ला महिलातर्फ मानकुमारी चौधरी, आदीबासी जनजातीतर्फ अनु राना, दलिततर्फ गोपाल सुनार, दलित महिलातर्फ अस्मिता विश्वकर्मा, अपाङ्गतर्फ महेन्द्र राना, खसआर्य तर्फको क्षेत्रीय कार्यसमिति सदस्यमा गणेशबहादुर शाही र डम्बरबहादुर शाही निर्वाचित हुनुभयो ।

यसैगरी महाधिवेशन प्रतिनिधि खुलातर्फ मणिराम रेग्मी, गणेशबहादुर खड्का, कर्णबहादुर शाही, खगेन्द्र सुनार, गणेश उपाध्याय, उदयराम न्यौपाने, कृष्णकुमार बिसी, टेकबहादुर कटुवाल, मिनाकुमारी थापा, हरिबहादुर राना बिजयी हुनुभयो ।

महाधिवेशन प्रतिनीधिमा विजयी खुलातर्फका १० जनामध्ये ९ जना काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । खुलातर्फ महाधिवेशन प्रतिनीधिमा विजयी मिनाकुमारी थापा (काँग्रेस सभापति शेरबहादुर देउवा) निकट मानिनुहुन्छ ।

महाधिवेशन प्रतिनीधि खुला महिलातर्फ बासना थापा, दिपाकुमारी बिसी, निर्मला थापा (खड्का) र मिनाकुमारी खड्का विजयी हुनुभयो । महाधिवेशन प्रतिनीधि खसआर्यतर्फ भुपेन्द्र शाही, भक्तबहादुर भण्डारी र पदमबहादुर मल्ल विजयी हुनुभयो । महिलातर्फ कमला चन्द, कृष्णाकुमारी चन्द र मञ्जुकुमारी शर्मा पाण्डे महाधिवेशन प्रतिनीधिमा विजयी हुनुभयो । यस्तै जनजातीतर्फ लछुमन गुरुङ्ग र जनजाती महिलातर्फ करिश्मा सिजालीमगर महाधिवेशन प्रतिनीधिमा विजयी भएको काँग्रेस १४ औँ महाधिबेशनका निर्वाचन अधिकृत कृष्णबहादुर थापाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?