logo
२०८१ मंसिर ८ शनिवार



धनुषामा मटर र कपडा बरामद

खुला |
प्रदेश |


धनुषामा मटर र कपडा बरामद



लक्ष्मी चौधरी
जनकपुरधाम, मङ्सिर ९ गते । प्रदेश २ स्थित धनुषाको मुखियापट्टी मुसरहनिया गाउँपालिकाबाट ११ मोटरसाइकलसहित ११ लाख २२ हजार बराबरको तस्करी गर्न लागेको हरियो मटर प्रहरीले बरामद गरेको छ ।
बुधबार दिउँसो धनुषा जिल्लाको मुखियापट्टीको वडा नम्बर ६ बहेडाबेलाबाट नेपालबाट भारत तर्फ अवैध रूपमा ११ वटा भारतीय तथा नेपाली मोटरसाइकलमा हरियो मटर (२५ केजी) को ४९ बोरा लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कर्यालय धनुषाले जनाएको छ ।
भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीलाई देखेर चालकहरु फरार भएपछि प्रहरीले नियन्त्रणमा लिएर कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएको जनाइएको छ ।
प्रहरीले बरामद गरेको ११ लाख २२ हजार पाँच सय मूल्य बराबरको हरियो मटर र ११ वटा मोटर साइकल थप अनुसन्धानका लागि भन्सार कार्यलयमा बुझाइएको जनाइएको छ ।
यस्तै, जिल्लाकै धनौजि गाउँपलिकास्थित भडरिया नाकाबाट अवैध रुपमा ल्याइएको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । बोर्डर आउट पोष्ट(बीओपी) धनौजिबाट खटिएका सशस्त्र प्रहरीले बुधबार चेकजाँचको क्रममा भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको कपडा प्रहरीले बरामद गरेको हो ।
तस्करहरुले भारततर्फबाट टाउकोमा बोकेर ल्याउँदै गरेको कपडा प्रहारीलाई देख्नासाथ फालेर भागेका थिए । बराबद भएको कपडा करिब एक लाख ३२ हजार मूल्य बराबरको रहेको छ । बरामद गरिएको कपडा थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?