logo
२०८१ पुष १५ सोमवार



एमाले महाधिवेशन कपिलवस्तुबाट केन्द्रीय सदस्यमा आठ जनाको दाबी

खुला |
प्रदेश |


एमाले महाधिवेशन कपिलवस्तुबाट केन्द्रीय सदस्यमा आठ जनाको दाबी



जानु पाण्डे
कपिलवस्तु, मङ्सिर ९ गते । नेपाल कम्युनिष्ट पार्टी एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा कपिलवस्तुबाट केन्द्रीय सदस्यमा आठ जनाले दाबेदारी प्रस्तुत गर्नुभएको छ ।

जिल्लाबाट प्रतिनिधित्व गर्नुभएको वर्तमान केन्द्रीय सदस्य तथा प्रदेश सह–इन्चार्ज गिरीधारीलाल न्यौपाने, केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज विमला घिमिरे र सिराज अहमद फारुकीले पुनः केन्द्रीय सदस्यमा दोहोरिने इच्छा प्रकट गर्नुभएको छ ।

केन्द्रीय सदस्य गिरीधारीलाल न्यौपानेले पार्टीले मूल्याङ्कन गर्दै पुनः दोहोराउन चाहेमा आफू उम्मेदवार हुने स्पष्ट पार्नुभयो । यसैगरी, राष्ट्रिय सभाका सदस्य समेत रहनुभएका केन्द्रीय सदस्य विमला घिमिरेले एकताको महाधिवेशन भएकाले सहमतिमा उम्मेदवारी दिने बताउनुभयो ।

यसैगरी, एमाले लुम्बिनी प्रदेश कार्यालय सचिव बलराम अधिकारी, कपिलवस्तु जिल्ला अध्यक्ष झवीलाल पोख्रेल, सहसचिव विश्रामप्रसाद थारु, युवा नेता विष्णु पन्थी र प्रदेश सचिवालय सदस्य डम्मर शर्मासमेतले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

कपिलवस्तु जिल्लाबाट महाधिवेशनमा २७ जना प्रतिनिधि छानिएका छन् । जिल्लाले १५ हजार कार्यकर्ता चितवनमा लग्ने तयारी गरिएको जिल्ला अध्यक्ष पोख्रलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?