logo
२०८२ भाद्र २१ शनिवार



लागूऔषध कारोबारीहरु पक्राउ पर्ने क्रम बढ्याे

खुला |
प्रदेश |


लागूऔषध कारोबारीहरु पक्राउ पर्ने क्रम बढ्याे
बिहीबार पक्राउ परेका सात जना


विष्णुप्रसाद पोखरेल
दमक, मंसिर १० गते । पछिल्लो समयमा झापामा लागूऔषध कारोबार बढ्नुको साथै लागूऔषध कारोबारीहरु पक्राउ पर्ने क्रम बढेको छ । खुला सीमाको फाईदा उठाउँदै लागूऔषध नेपाल भित्र्याउने कार्यमा युवायुवती संलग्न रहँदै आएको पाएपछि प्रहरीले निगरानी बढाएपछि पक्राउ पर्ने क्रम बढ्दै गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसैक्रममा बिहीबार साँझ भद्रपुर नगरपालिकाबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित ७ जना पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर ७ बोक्तोवारीमा शंका लागेर जाँच गर्ने क्रममा सात जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
४ ग्राम ६१० मिलिग्राम ब्राउनसुगर, एउटा नाईट्रोजन ट्याब्लेट, तौल गर्ने डिजिटल तराजुसहित उनीहरुले लागूऔषध कारोबारका लागि प्रयोग गर्ने गरेको मे.८ प ९७०१ र को.३८ प ९०२८ नं. को मोटरसाइकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख सानुराम भट्टराईले जनाउनुभयो ।
पक्राउ पर्नेहरु भद्रपुर ७ तेलीभिटाका १९ वर्षीय नारायण राजवंशी, बोक्तोबारीका २२ वर्षीय प्रकाश राजबंशी, वडा नं ६ संगमटोल बस्ने २० वर्षीय राहुल ठाकुर, वडा नं .५ बस्ने २१ वर्षीय सोनु राजबंशी, बिर्तामोड ८ सैनिकटोल बस्ने १८ वर्षीय सुदिप श्रेष्ठ, वडा नं.६ कसेनिटोल बस्ने ३१ वर्षीय प्रताप योन्जन र अर्जुनधारा १ बस्ने २८ वर्षीय राज श्रेष्ठ रहेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार जिल्लामा गत आर्थिक वर्ष गत आर्थिक वर्षमा लागूऔषध सम्बन्धी कसुरमा प्रहरीले १८२ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा अधिकांश १४ देखि ४० वर्ष उमेर समूहका रहेका र उनीहरुले प्रहरीको आँखा छल्न विभिन्न उपायहरु अपनाउने गरेको बताइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?