logo
२०८२ भाद्र २१ शनिवार



मोरङका १४ पालिकामा माओवादी केन्द्रले छान्यो सर्वसम्मत अध्यक्ष

खुला |
प्रदेश |


मोरङका १४ पालिकामा माओवादी केन्द्रले छान्यो सर्वसम्मत अध्यक्ष



हरि कोइराला
उर्लाबारी, मङ्सिर १२ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को शनिबार सम्पन्न गाउँ/नगर अधिवेशनले मोरङका अधिकांश पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
केन्द्रका जिल्ला अध्यक्ष गणेश उप्रेतीका अनुसार कानेपोखरी गाउँपालिका र रतुवामाई नगरपालिका बाहेक सबै गाउँ, नगरमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

विराटनगर महानगरपालिकामा १६ गते अधिवेशन हुने गरी मिति तय गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष उप्रेतीका अनुसार रङ्गेली नगरपालिकामा श्री अधिकारी, सुनवर्षी नगरपालिकामा जयन्त दास सर्वसम्मत अध्यक्ष चयन हुनुभएको छ । यसैगरी, पथरीशनिश्चरे, उर्लाबारी, लेटाङ, बेलबारी र सुन्दरहरैचा नगरपालिकामा क्रमशः चेतन दाहाल, गजेन्द्र दंगाल, विनोद नेपाल, पर्शुराम सुवेदी र दुष्यन्त भट्टराई सर्वसम्मत अध्यक्ष चयन हुनुभएको छ ।

यसैगरी, मिक्लाजुङमा उमेश राई, केराबारीमा तिलक मगर, बुढीगंगामा डिल्ली आचार्य, थनपालथानमा षडानन्द सरदार, ग्रामथानमा रमेश भगत, कटहरीमा किशोर पाण्डे र जहदा गाउँपालिकामा सुशील मण्डल अध्यक्ष हुनुभएको छ ।

कानेपोखरी गाउँपालिकामा र रतुवामाई नगरपालिाकामा अध्यक्षको दापी गर्नेको सङ्ख्या धेरै भएपछि आइतबार पुन ः सहमति खोज्ने प्रयास भइरहेको माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य प्रकाश पौडेलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?