logo
२०८१ पुष १५ सोमवार



दाङ काँग्रेसमा नेतृत्वका लागि आज फेरि मतदान

खुला |
प्रदेश |


दाङ काँग्रेसमा नेतृत्वका लागि आज फेरि मतदान


गोकर्ण पौडेल
तुल्सीपुर, मङ्सिर १२ गते । नेपाली काँग्रेसको १४ औ महाधिवेशनअन्तर्गत शनिबार सम्पन्न जिल्ला समितिको निर्वाचनमा नेतृत्वका लागि स्पष्ट बहुमत नआएकोले आइतबार पुनः निर्वाचन भइरहेको छ ।

निर्वाचन अधिकृत सन्तोष सुवेदीकाअनुसार शनिबार सम्पन्न निर्वाचनमा सभापति पदमा शङ्कर डाँगी, कमलकिशोर घिमिरे, भूपबहादुर डाँगी र जानकीलाल बस्नेतबीच प्रतिस्पर्धा भएको थियो । मत परिणामअनुसार शङ्कर डाँगीले सात सय ७२ मतप्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिस्पर्धी भूपबहादुर डाँगीले पाँच सय ४३ मतप्राप्त गर्नुभयो ।

यता उपसभापतिमा गिरिराज सुवेदी र कमानसिहं भारती निर्वाचित हुनुभएको छ । त्यसैगरी सचिवमा अर्जुनकुमार योगी र बालिका लम्साल निर्वाचित हुनुभएको छ ।

काँग्रेस दाङमा पहिलो पटक सचिव पदमा महिला निर्वाचित हुनुभएको हो । लम्साल नेविसंघबाट राजनीतिमा प्रवेश गर्नुभएको थियो । सहसचिवमा राजु आचार्य र सुबोधकुमार डाँगी निर्वाचित हुनुभएको छ । अधिकृत सुवेदीका अनुसार कुल मतदान दुई हजार दुई सय ९२ मतदातामध्ये शनिबार सम्पन्न मतदानमा दुई हजार एक सय ३८ मत खसेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?