logo
२०८१ मंसिर ८ शनिवार



माओबादी केन्द्रको ६ पालिकामा नेतृत्व चयन

खुला |
प्रदेश |


माओबादी केन्द्रको ६ पालिकामा नेतृत्व चयन


बेलिना थापा
लमजुङ, मङ्सिर १२ गते । लमजुङमा ६ वटा स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) को नेतृत्व चयन भएको छ । प्रथम पालिका अधिवेशनमार्फत सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको माओबादी केन्द्र लमजुङले जनाएको छ ।

आइतबारसम्म तीन नगरपालिकामा मध्यनेपाल नगरपालिका, सुन्दरबजार नगरपालिका र राइनास नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । गाउँपालिकातर्फ दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र मस्र्याङदी गाउँपालिकाको अधिवेशन सर्वसम्मत नेतृत्व गरिसकिएको छ ।

बेंसीसहर नगरपालिका र क्व्होलासोंथर गाउँपालिकाको पालिका अधिवेशन बाँकी छ । नेकपा (माओवादी केन्द्र) लमजुङका कार्यालय सचिव हरिजङ तामाङकाअनुसार मङ्सिर ११ गते शनिबार देशैभरि भएको प्रथम पालिका अधिवेशन अन्तर्गत लमजुङमा पनि अधिवेशन भएको छ ।

पालिका अधिवेशनबाट मध्यनेपाल नगर समितिको अध्यक्षमा उपेन्द्र अधिकारी, उपाध्यक्षमा नवराज घिमिरे, उपाध्यक्षमा सोमराज अधिकारी, उपाध्यक्षमा कृष्णप्रसाद तिवारी, सचिवमा रामकृष्ण भट्टराई, सहसचिवमा मैया मौराती, कोषाध्यक्षमा सपना घिमिरेलगायत ५१ सदस्यीय समिति चयन भएको छ ।

सुन्दरवजार नगर समितिको अध्यक्षतामा मुरारीकुमार भुजेल चयन हुनुभएको छ । बाँकी पदमा पनि सर्वसम्मत पदाधिकारी तथा सदस्य चयन हुनुभएको छ ।

गाउँपालिकातर्फ दूधपोखरी गाउँपालिकाको अध्यक्षमा क्षेत्रबहादुर गुरुङ चयन हुनुभएको छ । त्यस्तै, उपाध्यक्षमा पूर्ण न्यौपाने, खेमबहादुर गुरुङ, माया दवाडी, सचिवमा श्यामकुमार श्रेष्ठ, सहसचिवमा रामचन्द्र न्यौपाने, कोषाध्यक्षमा निलकुमारी परियारलगायत २१ सदस्यीय रहेका छन् ।

दोर्दी गाउँपालिकाको अध्यक्षमा सागर गुरुङ, उपाध्यक्षमा रविन्द्र अधिकारी, आरती घिमिरे, चिन गुरुङ, सचिवमा सोमबहादुर गुरुङ, सहसचिवमा रामचन्द्र तामाङ, कोषाध्यक्षमा शान्ता वि.क. लगायत ४३ सदस्यीय छन् ।

मस्र्याङदी गाउँपालिका समिति २१ सदस्यीय चयन भएको छ । पदाधिकारी भने चयन गर्न बाँकी रहेको माओबादी केन्द्र लमजुङका सचिव सुनिल सुनार ‘अटल’ ले बताउनुभयो । उहाँका अनुसार बेंसीसहर र क्व्होलासोंथर गाउँपालिकामा भने पालिका अधिवेशन बाँकी रहेको छ । मङ्सिर १४ गते भित्र सम्पन्न हुने माओबादी केन्द्रले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?