logo
२०८२ जेष्ठ २५ शनिवार



नेपालगञ्जमा ई–रिक्सा व्यवस्थापनको प्रयास

खुला |
प्रदेश |


नेपालगञ्जमा ई–रिक्सा व्यवस्थापनको प्रयास
नेपालगञ्जमा सञ्चालनमा रहेका ई–रिक्सा । तस्बिर -गोविन्द शर्मा



गोविन्द शर्मा
बाँके मङ्सिर १६ गते । नेपालगञ्ज उप–महानगरपालिकामा ई–रिक्सा व्यवस्थापन गरिने भएको छ । जथाभावी रुपमा नगर क्षेत्रमा करिब पाँच हजारको सङ्ख्यामा ई–रिक्सा रहेको अनुमान छ । जथाभावी रुपमा ई–रिक्सा सञ्चालन भई ट्राफिक अस्तव्यस्त र दुर्घटनाको जोखिम बढेपछि नेपालगञ्ज उप–महानगरपालिकाले कार्यविधि बनाएर ई–रिक्सा व्यवस्थापनको प्रयास अघि बढाएको हो ।
नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले ई–रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन कार्यविधि नगरसभाबाट पारित भई राजपत्रमा प्रकाशन भइसकेको जानकारी दिनुभयो ।
कार्यविधिमा ई–रिक्सा व्यवस्थित सञ्चालनका लागि निश्चित मापदण्ड बनाउने उल्लेख गरिएको छ । ई–रिक्सा व्यवस्थित सञ्चालनका लागि निश्चित रुट परमिट दिने, अस्थायी रुपमा सवारी चालक अनुमतिपत्र दिने कार्यविधिमा उल्लेख गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले ई–रिक्सा व्यवस्थापनका लागि कार्यविधि बनाइसकेपछि त्यसको कार्यान्वयन हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हालै प्रहरी नायव उपरीक्षकमा बढुवा हुनुभएका) ऐनवहादुर मल्लले जानकारी दिनुभयो ।
पश्चिम नेपालकै प्रमुख शहर नेपालगञ्जमा ट्राफिक व्यवस्थापनका लागि ई–रिक्सा ठूलो समस्याको रुपमा देखिएको भन्दै मल्लले अन्य प्रमुख शहरमा ई–रिक्सा व्यवस्थापनको विषयमा भए गरेका प्रयासको पनि अध्ययन गरेर नेपालगञ्जमा इर्–रिक्सा व्यवस्थापन गर्न थालिएको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?