logo
२०८२ असार १ आईतवार



जानकी मन्दिरमा २२ जोडीको विवाह

खुला |
समाज |
प्रदेश |


जानकी मन्दिरमा २२ जोडीको विवाह
सामूहिक विवाहमा सहभागी २२ जोडी । तस्बिर - धर्बेन्द्र झा, जनकपुरधाम


धर्बेन्द्र झा
जनकपुरधाम, मङ्सिर २४ गते । प्रदेश नं.२ को राजधानी जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गनमा आयोजना गरिएको सामूहिक विवाह कार्यक्रममा २२ जोडीको विवाह सम्पन्न भएको छ । प्रदेश नं. २ मा दाइजो प्रथाको कुरीति कायमै रहेको बेला विश्व हिन्दु परिषदले सीताराम विवाह पञ्चमीको अवसर पारेर बिहीबार राति आयोजना गरेको सामूहिक विवाह कार्यक्रममा प्रदेश नं.२ का आठवटै जिल्लावाट सहभागी भएका २२ जोडीको वैवाहिक कार्यक्रम सम्पन्न भएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकारी दिनुभयो ।

मैथिल परम्परानुसार उनीहरुको वैवाहिक कार्यक्रम सम्पन्न भएको उहाँले बताउनुभयो । दाइजो तिर्न नसकेर विवाह नै नगरेका र अति विपन्न परिवारका छोरीचेलीलाई उनीहरुको सहमतिमा केही वर्षदेखि विवाह गराउने गरेको विश्व हिन्दु परिषदका धनुषा अध्यक्ष सन्तोष साहले जानकारी दिनुभयो । उहाँले सामूहिक विवाह कार्यक्रममा सहभागी भएर विवाह गरी दाम्पत्य जीवनमा प्रवेश गरेका २२ वटै जोडीलाई विश्व हिन्दु परिषदले लत्ताकपडा र आवश्यक भाँडाकुँडा, ग्यास चुल्हासहितका सामाग्री दिएर बिदाइ गरेको बताउनुभयो ।

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह, उपप्रमुख रीता झासहितले नवजोडीलाई शुभकामना दिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?