logo
२०८२ भाद्र १ आईतवार



स्लेट खानी बन्द भएपछि स्थानीयको रोजगारी खोसियो

खुला |
प्रदेश |
समाज |


स्लेट खानी बन्द भएपछि स्थानीयको रोजगारी खोसियो
बुङ्गल नगरपालिका १ रन्नी भीरमा स्थानीयले निकाले राखेका स्लेटहरु । तस्बिर– शैलेन्द्र रोकाया ।



शैलेन्द्र रोकाया
बझाङ, मङ्सिर गते । वर्षौंदेखि गाउँलेहरुले निकाल्दै आएको स्लेट(पल्टा) खानी बन्द भएपछि यहाँको बुङ्ल नगरपालिका १ रन्नी भीरका स्थानीयबासीको रोजगारी खोसिएको छ । डिभिजन वन कार्यालय बझाङले बुङ्गल नगरपालिका १ रननीभिरमा रहेको स्लेट खानी उत्खनन्मा प्रतिबन्ध लगाएपछि खानी बन्द हुँदा स्थानीयबासीको रोजगारी खोसिएको हो ।
विशेष गरी पहाडी क्षेत्रमा घरको छाना छाउनका लागि प्रयोग हुने स्लेट खानीबाट निकालेर बझाङ र बैतडीका विभिन्न ठाउँमा विक्री हुँदै आएको थियो । मेसिन प्रयोग गरी प्रशोधन गरेको खण्डमा मार्बल बनाउन सकिने खालको स्लेट खानीलाई वाताबरण परीक्षण नगरी उत्खनन गरेको भन्दै डिभिजन वन कार्यालयले खानीबाट स्लेट निकाल्न प्रतिबन्ध गराउनुका साथै बुंङल नगरपालिकाले ओसारपसारमा प्रतिबन्ध लगाएको छ ।

स्थानीय हरिश बोहराले भन्नुभयो, “हाम्रो बाजेको पालादेखि निकाल्दै आएको स्लेट खानीलाई प्रतिबन्ध गराउनु राम्रो होइन् । बरु हामी कानुनी प्रक्रिया पूरा गर्छौं । नगरपालिकाले त्यस क्षेत्रको वातावरण परिक्षण गरिदिएको भए राम्रो हुन्थ्यो” । उहाँले यस खानीबाट बुङ्गल नगरपालिकाका २०० सय जनाभन्दा बढीले प्रतक्ष तथा अप्रत्यक्ष रोजगारी गुमाउनुपरेको बताउँदै छिटोभन्दा छिटो खानी सञ्चालनका लागी पहल गरिनुपर्ने बताउनुभयो । स्थानीयबासीले निकालेका लाखौं मूल्य बराबरका स्लेटहरु अहिले पनि खानी भएको ठाउँ र खानी नजिकैको बाटोको आसपासमा राखिएका छन् ।

गाउँमा रोजगारीको अवसर नभएका रन्नीभीर गाउँबासीका लागी खानी बन्द हातमुख जोर्न धौधौ परेको छ । खानी बन्द हुँदा अधिकांश स्थानीयबासी रोजगारीका लागी भारत लगायतका विभिन्न मुलुक धाउनुपरेको छ । खानी बन्द भएको नौ महिना बितिसक्दा पनि स्थानीय सरकारले यसतर्फ चासो नदिएको भन्दै स्थानीयको गुनासो छ ।

यता, बुङ्गल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत रोकायाले गैरकानुनी तरिकाले खानी उत्खनन गरेकाले डिभिजन वन कार्यालयले बन्द गर्न लगाएको बताउँदै वातावरण परीक्षण गरेर कानुनी प्रक्रिया पुर्याएपछि खानी सुचारु हुने जानकारी दिनुुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?