logo
२०८२ भाद्र २१ शनिवार



सामुदायिक वनभित्र हात्तीको आक्रमणमा परी एक वृद्धाको मृत्यु

खुला |
प्रदेश |


सामुदायिक वनभित्र हात्तीको आक्रमणमा परी एक वृद्धाको मृत्यु



लीला झापाली
बिर्तामोड पुस १ गते । झापास्थित एक जङ्गलमा घाँस काट्न गएकी एक वृद्धा हात्तीको आक्रमणमा मारिएकी छन् । कन्काई नगरपालिका २ स्थित जामुनबारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा घाँस काट्न गएकी स्थानीय ७८ वर्षीय कृष्णा भुजेललाई हात्तीले आक्रमण गरी मारेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले बताउँनुभयो । सोमबार दिउँसो घाँस काट्न जङ्गल गएकी भुजेल रातिसम्म पनि घर फर्किएर नआएपछि प्रहरी र स्थानीयले खोजी गरेका थिए । सामुदायिक वनभित्र बुधबार दिउँसो मात्रै भुजेलको शव हात्तीले आक्रमण गरेर मारेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । पोस्टमार्टमपछि भुजेलको शव परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?