logo
२०८२ भाद्र २१ शनिवार



झापामा नक्कली पिसिआर रिपाेर्ट बनाउने पक्राउ

खुला |
प्रदेश |


झापामा नक्कली पिसिआर रिपाेर्ट बनाउने पक्राउ



लीला झापाली
बिर्तामोड, पुस १ गते । झापामा नक्कली पिसिआर रिपाेर्ट बनाएर सर्वसाधारणलाई ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । जिल्ला झापा मेचीनगर न.पा वडा नं. ६ स्थित पेमा तामाङले सञ्चालन गरेको टुर्स एण्ड ट्राभल्र्समा भारत जाने सर्वसाधारणलाई नक्कली पिसिआर रिपाेर्ट बनाएर विक्री गर्ने गरेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले पक्राउ गरेको हाे ।

तामाङको टुर्स ट्राभल्समा गत मङ्गलबार बेलुकी छापा मार्दा विभिन्न अस्पतालका नाममा निकालिएको नक्कली पिसिआर रिपाेर्ट, सरकारी छाप, पिन्टर, ल्यापटप, विभिन्न अस्पतालका डाक्टरहरुको दस्तखत फेला पारिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ती अस्पतालमा बुझ्दा सबै डाक्टरहरुको दस्तखत नक्कली भएको पाइएकाले पक्राउ गरिएका तामाङलाई पक्राउ गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

नेपाल भारत आउजाउका लागि सीमाक्षेत्रमा प्रहरीले पिसिआर रिपाेर्ट अनिवार्य गरेसँगै नक्कली पिसिआर बनाएर विक्री गर्ने नयाँ धन्दा यस क्षेत्रमा फस्टाएको स्थानीयको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?