शेरबहादुर सार्की
बाजुरा, पुस १ गते । बाजुराको त्रिवेणी नगरपालिका ५ का २२ वर्षीया एक महिलाको गड्डाचौकी नाकाबाट उद्धार गरिएको छ । भारतमा काम लगाइदिन्छु भनेर उहाँलाई आफन्तले त्रिवेणीबाट ललाई फकाइ भारतमा लिदैगरेको अवस्थामा गड्डाचौकीबाट उद्धार गरिएको शान्ति पुनरस्थापना गृहले जनाएको छ ।
त्रिवेणी नगरपालिका ५ का २२ वर्षीया महिलाले भन्नुभयो, “मलाई भारतमा राम्रो नोकरी लगाई दिन्छु भनेर मेरै गाउँका आफन्तले घरबाट याहाँ ल्याएपछि मात्र मलाई बिक्री गर्न लागेको थाहा पाएको हुँ ।” गत मङ्गलबार उहाँलाई त्रिवेणी नगरपालिका ५ कै युवाले कामको बहाना गर्दै भारत लिदैगरेको अवस्थामा उहाँको उद्धार गरिएको शान्ति पुनरसर््थापना गृह गड्डाचौकीका प्रमुख सञ्जित सिहले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यसअघि पनि अछाम जिल्लाको मङ्गलसेन नगरपालिका ९ का १२ वर्षीया एक किशोरी भारतको तामिलनाडु राज्यबाट उद्धार गरेका छौ ।” बालिकालाई अछामबाट ललाइ फकाइ गरेर भातरमा बिक्री गरिएको कुरा सुनिएपछि शान्ति पुनरस्थापना गृहले बन्धक राखेको कोठामै पुगेर उद्धार गरेको गृहका प्रमुख सिहले बताउनुभयो ।
विद्यालयबाट ललाई फकाइ गरेर भारतमा बिक्री गरिएका बालिकाको दुई महिना पछि हेल्पक्रस ट्र«स्टका अध्यक्ष विशाल थापाको सहयोगमा उद्धार गरिएको प्रमुख सिहले बताउनुभयो । पीडित बालिकाले भन्नुभयो, “आफुलाई भारतमा राम्रोसँग पढाइ दिन्छु र काम लगाइदिन्छु भनेर फुपाजुले अछामबाट भारतमा लिएर बिक्री गरेका हुन् ।”
गत भदौदेखि अहिलेसम्म सुदूरपश्चि प्रदेशका झण्डै ११५ जना महिला पीडित महिलाको उद्धार गरिएको शान्ति पुनरसर््थापना गृह गड्डाचौकीले जनाएको छ । बाजुराका ७ जना, अछामका २, डोटीका ५ कन्चनपुरका ४६ कैलालीका १८ बैतडीका ५ बझाङ्गका १ डडेलधुराका ४ गरी ११५ जना महिलाको उद्धार गरिएको शान्ति पुनरसर््थापना गृह गड्डाचौकीका प्रमुख सिंहले बताउनुभयो ।