logo
२०८१ मंसिर ८ शनिवार



गुल्मीमा भीरबाट लडेर दुई जनाको मृत्यु

खुला |
समाज |


गुल्मीमा भीरबाट लडेर दुई जनाको मृत्यु



तिलाचन पाण्डे
तम्घास, पुस ३ गते । गुल्मीमा भीरबाट लडेर श्रीमान् र श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर १ का २६ वर्षीय मनु सार्की र निजकी श्रीमती २५ वर्षीया ज्ञानु परियार बाङग्रेस्थित सिख्राको सामुदायिक वनको भीरबाट लडेर गम्भीर घाइते हुनुभएको थियो ।

उहाँहरुको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्याय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो । दम्पतीको शवलाई गुल्मी अस्पातालमा पोष्टमार्टम गरीे जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

दम्पती गोरेटो बाटो देखि करिब नौ सय मिटर तल घाइते अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । दम्पती बाङग्रेस्थित ससुराली जाने क्रममा सिख्राको सामुदायिक वनबाट लडेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?