logo
२०८१ मंसिर ८ शनिवार



खैरेनीटार–भिमाद सडक खण्ड धमाधम फराकिलो पारिदै

खुला |
प्रदेश |


खैरेनीटार–भिमाद सडक खण्ड धमाधम फराकिलो पारिदै


अमरराज नहर्की
तनहुँ, पुस ३ गते । तनहुँको खैरेनीटार–भिमाद सडक खण्ड फराकिलो पार्ने काम धमाधम भइरहेको छ । काम छिटो सम्पन्न गर्न दैनिक आठ घण्टा सडक बन्द गरेर फराकिलो पार्ने काम भइरहेको छ ।

पुस १ गतेदेखि नै सडक स्तरोन्नतिको लागि बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सडक बन्द गरी काम धमाधम भइरहेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । सडक स्तरोन्नतिको क्रममा फराकिलो बनाउने क्रममा दुर्घटना हुने जोखिम भएकाले एक महिनासम्म सडक बन्द गरी काम गरिने सडक डिभिजन कार्यालय तनहुँका सूचना अधिकारी कल्याण खड्काले जानकारी दिनुभयो ।

खैरेनीटार–भिमाद–भुमरीघाट–कावासोती सडक स्तरोन्नतिका लागि एमएस महालक्ष्मी हिमाली जेभी काठमाडौँले ठेक्का पाएर काम गरिरहेको कार्यालयले जनाएको छ । हाल सडक चौडा पार्ने र नाली बनाउने काम निर्माण कम्पनीले गरिरहेको छ ।

सङ्घीय सरकारको सात करोड १५ लाख २१ हजार रुपियाँ भ्याटसहित ठेक्का लगाइएको सूचना अधिकारी खड्काले बताउनुभयो । गत वैशाख १३ गते ठेक्का सम्झौता भएकोमा २०७९ कात्तिक १३ गते सम्पन्न गर्नुपर्ने म्याद तोकिएको उहाँले जानकारी दिनुभयो । हाल एक लेन रहेको सडक स्तरोन्नतिपछि दुई लेनको बन्ने कार्यालयले जनाएको छ । सडक स्तरोन्नतिका लागि वजेट निकासा भई काम शुरु गरिएपछि स्थानीय वासिन्दा खुसी भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?